२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२२ देखि शुरु हुँदैछ अन्तरिक्षमा नियमित उडान, हरेक बर्ष ४०० उडान हुने, कति पर्छ शुल्क ?

२०७८, ५ श्रावण मंगलवार ०६:०१

(एजेन्सी) | एलन मस्क, जेफ बेजोस र रिचर्ड ब्रेन्सन । यी तीन जनामा दुई कुरा समान छन् । पहिलो कुरा, यिनीहरु अरबपति हुन् र दोश्रो कुरा, यिनीहरुले स्पेस टूरिज्मलाई वास्तविकतामा रुपान्त्रण गरेका छन् । 

११ जुलाईमा ब्रेन्सनले ९० मिनेटमा अन्तरिक्षको यात्रा गरे । यसको ९ दिन पछि याने कि २० जुलाईमा संसारकै सबैभन्दा धनि व्यक्ति (अमेजनका मालिक) जेफ बेजोस १० मिनट अन्तरिक्षको यात्रामा जाँदैछन् । अरबपतिहरुको स्पेस रेसले आम मानिसको लागि अन्तरिक्षको ढोका खोलिदिनेछ । 


आज यहाँ यस सम्बन्धि जोडिएको इतिहाँससँग सम्बन्धित कुराहरु पढ्न सक्नुहुनेछ: 

१७ डिसेम्बर १९०३: विल्बर राइट र ओरविल राइटले एयरप्लेनबाट पहिलो सफल उडान गरेका थिए 

११ बर्ष पछि: १ जनवरी १९१४ मा पहिलो व्यवसायिक उडान भएको थियो 

१२ अप्रिल १९६१: युरी गागरिन अन्तरिक्ष जाने पहिलो व्यक्ति बने 

११८ बर्षपछि २०२१ मा: व्यवसायिक उडानको लागि खुल्यो अन्तरिक्षको ढोका 

११ जुलाई २०२१मा रिचार्ड ब्रेन्सनले पाँच जनासँग अन्तरिक्षको यात्रा गरेका थिए 

पृथ्वीबाट अन्तरिक्षको दुरी

- संसारको सबैभन्दा अग्लो उचाई – सगरमाथा (८.८४ किलोमिटर)

- व्यवसायिक उडान हुने अधिकतम उचाई (१०-१२ किलोमिटर)

- कारमन लाइन (जहाँबाट अन्तरिक्ष शुरु मानिन्छ)- १०० किलोमिटर  

- अन्तराष्ट्रिय स्पेस स्टेसन् रहने स्थान – ४०८ किलोमिटर 


अन्तराष्ट्रिय संचार माध्यमहरुको अनुसार अन्तरिक्ष यात्रा गर्न बिभिन्न तीन बिकल्प छ । जसमध्य सबैभन्दा सस्तो ग्यालेक्टिक मार्फत अन्तरिक्षमा पुग्न हुनेछ । ग्यालेक्टिक मार्फत अन्तरिक्षमा पुग्न तालिम, उडान र स्पेस सुट सहितको मूल्य करिव नेपाली रु ३ करोड खर्च लाग्नेछ । त्यस्तै ब्लु ओरिजन मार्फत अन्तरिक्षमा जान तालिम, उडान र स्पेस सुट सहितको मूल्य नेपाली करिव ६ करोड खर्च लाग्छ । त्यस्तै स्पेस एक्स मार्फत अन्तरिक्षमा जान करिव ६ अर्व ४० करोड शुल्क तिर्नुपर्छ । स्पेस एक्सको मूल्य महँगो पर्नुको कारण मिसन प्लानिङ, तालिम, लाइफ सपोर्ट, मेडिकल सपोर्ट र अन्तराष्ट्रिय स्पेस स्टेसनमा ८ दिनको बसाई सहित हुनेछ । 

मूल्य अनुसार उडानको विशेषता पनि फरक छन् । स्पेस एक्स निकै महँगो पर्नुको कारण अरु दुई उडान १०० किलोमिटर आशपासको उडान हो भने स्पेस एक्सको उडान अन्तराष्ट्रिय स्पेस स्टेसनसम्मको हो । जसको यात्रा ४ सय गुणासम्म टाढा छ साथै ८ दिनसम्म अन्तरिक्षमै बस्ने समेत पाइन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने