विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन् । जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन् । जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा "/>
२०८२, १६ फाल्गुन शनिबार
काठमाडौँ - KTM

पाइलटले यात्रुलाई कहिल्यै नभन्ने १० रहस्यमय कुराहरु यस्ता छन् !

२०७३, ३२ श्रावण मंगलवार ११:२७

विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन् । जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्, तर सोझै सबै कुरा भने बताउँदैनन् । 

यसको एक कारण हो, यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालुन् । विमान चालकहरुसँग केही त्यस्ता कुराहरु छन् जुन उनीहरुले कहिल्यैपनि यात्रुलाई बताउँदैनन् ।

१- संसारमा दुईवटा इन्जिन भएको विमानहरु धेरै अघि नै आईसकेका छन् । त्यस्ता विमानहरु एउटा इन्जिनले काम नगरेपनि अर्कोको भरमा उडिरहन्छ । त्यस्तो अवस्थामा पनि पाइलटले ठिक ठाक छ भन्ने गर्छन् ।

२- विमानमा फोन र इलेक्ट्रिक सामानको प्रयोग गर्न मनाही गरिएको छ । तर उनीहरुले कहिल्यै बताउँदैनन् की किन मनाही छ ?

३- पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन् । यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन् । प्यासेन्जर नडराउनु भन्नको लागि यस्तो भनिने गर्छ ।

४- एउटा पाइलट सँधै राम्रो ल्याण्डिङ गर्न चाहान्छ । यात्रुहरुबाट पाइटलले गर्ने अपेक्षा ‘नाइस ल्याण्डिङ’ भन्ने हुन्छ । तर पाइलट कहिल्यै यो कुरा आफूलाई भन्नु भनेर कसैलाई भन्दैनन् ।

५- प्लेन एकदमै तिव्रगतिमा कुदिरहेको छ वा आवाज निकै ठूलो आईरहेको छ भने पाइलटले भन्ने छ केही भएको छैन ठिक छ ।

६- यदि पाइलटले फ्लाइट अटेन्डेन्ट (एयर होस्टेस)लाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ । यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ ।

७- प्लेनको झ्याल पट्टी बस्नु दृष्यावलोकनका लागिसमेत एकदमै राम्रो मानिन्छ । तर पाइलटले यसो कहिल्यै भन्दैन ।

८- फ्लाइटको बखत लगाएको हेडफोन हटाउन भनिन्छ भने यसको केवल एउटा अर्थ हुन्छ, पाइलटको निर्देश ध्यानसंग सुन्नु ।

९- एयर प्रेसर अगाडि भन्दा पछाडि बढि हुन्छ। तर पाईलटले पछाडि भन्दा अगाडि बस्दा यात्रामा राम्रो हुन्छ भनेर कहिल्यै भन्दैन ।

१०- हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी सुनाउँछन् । यरा हाइज्याक हुन्छ, जबसम्म सम्भव हुन्छ पाइटल यात्रुलाई हाइज्याकको बारेमा बताउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु