२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलत छोडेका व्यक्तिको पेटबाट चिकित्सकले निकाले एक किलो काँटी, पेच र छुरी

२०७८, १७ आश्विन आईतवार ०३:१३

असोज १७, भिलनिअस | एजेन्सी | लिथुआनियामाका चिकित्सकहरूले एक व्यक्तिको पेटबाट काँटी , पेच र छुरी गरि १ किलो फलामजन्य सामान निकालेका छन् । शल्यक्रियाका क्रममा उनको पेटबाट सो परिमाणमा फलामजन्य सामान निकालिएको हो । बल्लतल्ला मदिराको कुलत छोडेका ती व्यक्तिले फलामका सामान खान थालेका थिए । 

अत्यधिक पेट दुःखेको बताएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । एक्सरे गर्ने क्रममा उनको पेटभित्र ठूलो परिमाणमा फलामका टुक्राहरु देखिएका थिए । केही टुक्राहरु १० सेन्टिमिटरसम्म लामा थिए ।

‘तीन घन्टाको शल्यक्रियापछि बिरामीको पेटबाट सम्पूर्ण धातुजन्य सामाग्री निकालिएको छ,’ उनको शल्यक्रियामा संलग्नमध्येका एक डा. सारुनास दैलिदेनसले भने । 

शल्यक्रियाबाट निकालिएको फलामका काँटी, छुरा र पेचलाई तस्विर तथा भिडियो खिच्न अस्पतालले स्थानीय सञ्चारकर्मी बोलाएको थियो । आफूले व्यक्तिको पेटबाट पहिलो पटक त्यति धेरै परिमाणमा सामान निकालेको देखेको क्लाइपेडा अस्पतालका चिकित्सक अलग्रिदास स्लेपाभिसिअसले बताए । 

मदिरा पिउन छोडेपछि ती व्यक्तिले एक महिनादेखि फलामकासामाग्री निल्ने गरेको चिकित्सकले बताएका छन् ।  शल्यक्रियापछि ती व्यक्तिको अवस्था स्थिर छ । उनको व्यक्तिगत पहिचान गोप्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने