२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन विश्वमै सबैभन्दा छोटो समयमा जन्मिने शिशु, १९ हप्मैतामै जन्मिए

२०७८, २६ कार्तिक शुक्रबार ०४:५१

कात्तिक २६, न्युयोर्क | एजेन्सी | अमेरिकाका एक बालक विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् । कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२० ग्राम मात्र थियो । छोटो समयमा जन्मिएका मिन्सको बाँच्ने सम्भावना १ प्रतिशतभन्दा न्यून थियो । उनी बाँच्लान भनेर आफ्नै बाबुआमालेसमेत पत्याएका थिएनन् ।

गिनिज वल्र्ड रेकर्डले उनलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरेको छ । सामान्यतया मानिसको गर्भावस्थाको समय ४० साताको हुन्छ । तर, केही शिशु त्योभन्दा छिटो पनि जन्मिन्छन् ।

प्रसवपीडा भएपछि मिन्सकी आमा मिसेल बटलरलाई गत वर्षको ४ जुलाईमा अलाबामाको एउटा अस्पताल भर्ना गरिएको थियो । भोलिपल्ट उनले जुम्ल्याहा शिशु जन्माएकी थिइन् । अर्का शिशु सियसाको एक दिनपछि मृत्यु भयो भने मिन्सलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।  

तीनमहिनापछि मिन्सलाई भेन्टिलेटरबाट निकालिएको थियो । २७५ दिन लामो उपचारपछि यसै वर्षको अप्रिलमा उनी डिस्चार्ज भएका थिए । चिकित्सकहरुले ट्यूबमार्फत मिन्सलाई खान सिकाएका थिए । अहिले पनि उनलाई थप अक्सिजन आवश्यक पर्छ । त्यस्तै, ट्यूबको सहायतामा उनी खानेकुरा खान्छन् । उनको स्वास्थ्य राम्रो भएको चिकित्सकहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने