२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड नायिका ऐश्वर्या रायमाथि किन गरियो पाँच घण्टा सोधपुछ ?

२०७८, ६ पुष मंगलवार ०६:२२

पुस ६, काठमाडौँ | भारतको प्रवर्तन निर्देशनालयले बलिउड नायिका ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ। निर्देशनालयका पदाधिकारीले उनीसँग पाँच घण्टाभन्दा बढी समय सोधपुछ गरेको थियो।

ऐश्वर्यासँग उनको तथा कथित कम्पनी र बैंक अकाउन्टका विषयमा सोधपुछ गरिएको थियो।भारतीय अखबार दैनिक भास्करले स्रोतलाई उद्वृत गर्दै भनेको छ– निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग ५० हजार डलरमा खरिद गरेको कम्पनी किन एक हजार ५०० डलरमा बेच्नु पर्यो ? र अमिताभ बच्चनको बुहारी बनेपछि कम्पनी बन्द किन पर्यो ? भन्ने प्रश्न गरेका थिए।

निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग सोमबार दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेका थिए। सोधपुछ सकिएपछि स्थानिय समयअनुसार साँझ साढे ७ बजे उनी भवनबाट बाहिर निस्केकी थिइन्।

सन् २०१६ मा पानामा ल फर्मको १.१५ करोड ट्याक्स सम्बन्धी दस्तावेज लीक भएका थिए। यसमा संसारका ठूला नेता, व्यापारी र सेलिब्रेटीको नाम जोडिएको थियो। भारतका मात्र ५ सयभन्दा बढीको नाम पानाका पेपरमा जोडिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने