११ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५८ लाखमा आफैंलाई बिक्री गर्न खाेजेपछि…

७ पुष २०७८, बुधबार ०७:३८

एजेन्सी | एक २६ वर्षीय नाइजेरियाली केटोले आफूलाई नै बिक्री गर्न खोज्दा पक्राउ परेका छन्।  जीवन जिउनका लागि पैसा चाहिन्छ तर पैसाका लागि आफूलाई नै बिक्री गर्ने कसरतमा जुटेका ती युवा अन्ततः पक्राउ परेका हुन्।

हिस्बाहमने रुपमा चिनिएको इस्लामिक प्रहरीले आफूलाई २ करोड नाइजेरियाली नारा अर्थात् ५८ लाख रुपैयाँमा बिक्री गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरेको हो । अलियु ना इड्रिसले सुरुमा राष्ट्रिय संचार माध्यममा अक्टोबरको अन्त्यमा शीर्षक पाए । उक्त समयमा उनी कारो नामको सडकमा बिक्रीको कार्डबोर्डसहित हिँडिरहेको देखिएका थिए । उनले कार्डबोर्डमा ‘दिस म्यान इस फर सेल २००००००० एन’ लेखेका थिए ।

उक्त समयमा उनले सूचीकारको रुपमा काम गर्दै आएका थिए । पहिलो पटक उनले आफूलाई कादुना नामको शहरमा बिक्री गर्ने प्रयास गरेका थिए । तर, आफू बेचिन सफल भएनन् । पछि पुनः गरिबीको कारण देखाउँदै उनले आफूलाई बिक्रीको प्रयास गरे । उनले आफू बेचिएपछि यसबाट आएको पैसा आफ्ना अभिभावकलाई दिने र बाँकी आफ्नो दैनिक खर्चका लागि राख्ने बताएका छन् ।

‘आफूलाई बिक्री गर्ने निर्णय गरिबी हो,’ अलियूले बताए । ‘मैले मलाई किन्ने मानिस पाए भने मेरा अभिभावकलाई १ करोड नारा दिनेछु र ५० लाख नारा सरकारलाई करको रुपमा दिनेछुु । मलाई किन्ने मानिस फेला पार्न सहयोग गर्नेलाई २० लाख नारा दिनेछु । बाँकी दैनन्दिनी खर्चका लागि राख्नेछु ।’

२६ वर्षीय उनले आफूलाई किन्ने केही इच्छुक व्यक्ति फेला पारको बताएका छन् । उनीहरु २ करोड नाराको रकममा मात्रै सहमत नभएको उनले बताए । दुःखको कुरा उनी आफ्नो योजना अनुसार अगाडि बढ्न सकेनन् । उनको इच्छा भाइरल भएसँगै उनलाई हिस्बाहको ब्रिगेडले इस्लामको नियम उल्लंघन गरेको आरोप लगाएका छन् ।

‘हो, हामीले उनलाई मंगलबार पक्राउ गरेका छौँ र रातभरी हामीसँगै राखेका छौँ । उनले जे गरे त्यो इस्लाममा प्रतिबन्धित छ । कसैले पनि आले आफूलाई​ बिक्री गर्न पाउँदैनन् । अवस्था जेसुकै होस् यसले कुनै अर्थ राख्दैन,’ हिस्बाहका कमान्डर हरुन इब्न सिनाले बीबीसीलाई बताए ।

उनको पक्राउप्रति अनलाईनमा आक्रोश व्यक्त भएको छ । धेरै मानिसहरुले उनलाई छोड्नका लागि आग्रह गरेका छन् । इस्लामिक प्रहरीले उनलाई पक्राउ गर्नु अनावश्यक भएको बताइएको छ । यसको सट्टा केही सल्लाह दिनु पर्ने धारणा उनीहरुले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत कोवाङ–जोमसोम सडक अन्तर्गत घरपझोङमा सडक स्तरोन्नति गर्न माग कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम ‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’ लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त ‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ’ भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि आज लोकतन्त्र दिवस आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल गर्ल्स आइसिटी डे’ सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ‘लोकतन्त्रलाई सुदृढ बनाऔँ’ विपन्नलाई घर बनाउँदै भरतपुर महानगर अपरिहार्य छ लोकतन्त्र सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ संरक्षणको पर्खाइमा कोलुङ्ग झरना बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै