२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नासाले विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्दै

२०७८, १० पुष शनिबार १०:१०

एजेन्सी | अमेरिकी अन्तरिक्ष नियोग (नासा) ले सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्ने भएको छ। नासा र युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप क्रिसमसको दिन पारेर शनिबार प्रक्षेपण गर्न लागिएको हो।

समाचार संस्था रोयटर्सका अनुसार ९ अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको टेलिस्कोप फ्रेन्च गुएनास्थित लन्चिङ बेसबाट रकेटको माध्यममार्फत् प्रक्षेपण हुने बताएको छ। यो टेलिस्कोप सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपभन्दा सय गुणा शक्तिशाली पनि समाचारमा जनाइएको छ।

यो टेलिस्कोपमार्फत् ब्रम्हाण्डको सुरुआतमा निर्माण भएका अन्तरिक्ष, उल्कापिण्ड र ग्रहका बारेमा पत्ता लगाउनुका साथै एलियनको उपस्थिति र ब्रम्हाण्डको रहस्य पनि पत्ता लगाउने बताइएको छ।

यसले अन्तरीक्षबाट पृथ्वीमा उडेको चराको तस्बिर पनि निकै स्पष्ट रुपमा खिच्न सक्ने बताइएको छ। यो टेलिस्कोपको अप्टिक्समा सुन धातु प्रयोग गरिएको छ जसले इन्फ्रारेड प्रकाशलाई पनि परावर्तन गर्नसक्छ।

२१ मिटर व्यास रहेको यो टेलिस्कोपलाई सूर्यको किरणबाट जोगाउन टेनिस कोर्टको आकारका ५ वटा तहका सनसिल्ड लगाइएको छ, जसलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विज्ञान परियोजनाको रुपमा मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला