२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिरहेको विमानमा बरफको टुक्रा ठोकिएपछि…

२०७८, १४ पुष बुधबार ०९:५५

एजेन्सी | हावामा हजारौँ फिटको उचाइमा उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको छ । प्राप्त समाचार अनुसार ब्रिटिस एयरवेजको एक विमान हावामा उडिरहेको थियो, सोही समयमा विमानमा एउटा बरफको टुक्रा आएर ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो ।

घटनाका कारण विमानभित्रका यात्रु कसैलाई पनि केही हानी भएन । विमानलाई सेन जोसमा सुरक्षित अवतरण गराइएको छ । २ इन्च बाक्लो विन्डस्क्रीन पुरै फुटेको छ

बोइङ–७७७ विमान ३५ हजार फिटको उचाइमा उडिरहेको थियो । क्रिसमसको दिन लन्डनको गेटविकबाट कोस्टारिकाको स्यान जोसको यात्राका बेला यो दुर्घटना भएको हो ।

बरफको टुक्राले दुई इन्च मोटो विन्डस्क्रिनलाई पूर्ण रुपमा तोडेको छ । यद्यपि, यो विन्डस्क्रीन अत्यधिक शक्तिको सामना गर्नका लागि बनाइएको हुन्छ । यो बुलेटप्रूफ सीसा समान हुन्छ ।

१० लाख मा एक पटक हुन्छ यस्तो घटना: विमानमाथि भएको यो दुर्घटनाका कारण लगभग २०० यात्री क्रिसमसको पूर्व सन्ध्यामा लन्डनमा नै फर्किएका छन् । विशेषज्ञका अनुुसार १० लाखमा एक पटक मात्रै यस्तो घटना हुने गर्छ ।

५० घन्टा ढिलो गरी उड्यो विमानः मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको साँझ फ्लाइट सेन जोस गेटविक जाँदै थियो । तर, विन्डस्क्रिनको मर्मतमा लागेको समयका कारण यात्रुुलाई गन्तव्यमा पुग्न ५० घन्टा ढिलो भएको थियो ।

हनिमुन यात्रामा निस्किएका एक जोडीः जो मिशेल र गीर ओलाफसन हनिमुन यात्रामा थिए । उनीहरुले क्रिसमसका लागि गेटविकको बाटो गरी एडिनबर्गस्थित आफ्नो घरमा फर्किने योजना बनाएका थिए । मिशेलले स्थानीय मीडियालाई भनिन्, ‘हामी त्यहाँ पुग्नेका लागि कनेक्टिङ फ्लाइट खोजिरहेका थियौँ । ता कि हामी हामी समयमै गन्तव्यमा पुग्न सकौँ ।’ प्राप्त समाचार अनुसार फ्लाइट लगभग दुई दिन ढिलो भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने