१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिरहेको विमानमा बरफको टुक्रा ठोकिएपछि…

१४ पुष २०७८, बुधबार ०९:५५

एजेन्सी | हावामा हजारौँ फिटको उचाइमा उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको छ । प्राप्त समाचार अनुसार ब्रिटिस एयरवेजको एक विमान हावामा उडिरहेको थियो, सोही समयमा विमानमा एउटा बरफको टुक्रा आएर ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो ।

घटनाका कारण विमानभित्रका यात्रु कसैलाई पनि केही हानी भएन । विमानलाई सेन जोसमा सुरक्षित अवतरण गराइएको छ । २ इन्च बाक्लो विन्डस्क्रीन पुरै फुटेको छ

बोइङ–७७७ विमान ३५ हजार फिटको उचाइमा उडिरहेको थियो । क्रिसमसको दिन लन्डनको गेटविकबाट कोस्टारिकाको स्यान जोसको यात्राका बेला यो दुर्घटना भएको हो ।

बरफको टुक्राले दुई इन्च मोटो विन्डस्क्रिनलाई पूर्ण रुपमा तोडेको छ । यद्यपि, यो विन्डस्क्रीन अत्यधिक शक्तिको सामना गर्नका लागि बनाइएको हुन्छ । यो बुलेटप्रूफ सीसा समान हुन्छ ।

१० लाख मा एक पटक हुन्छ यस्तो घटना: विमानमाथि भएको यो दुर्घटनाका कारण लगभग २०० यात्री क्रिसमसको पूर्व सन्ध्यामा लन्डनमा नै फर्किएका छन् । विशेषज्ञका अनुुसार १० लाखमा एक पटक मात्रै यस्तो घटना हुने गर्छ ।

५० घन्टा ढिलो गरी उड्यो विमानः मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको साँझ फ्लाइट सेन जोस गेटविक जाँदै थियो । तर, विन्डस्क्रिनको मर्मतमा लागेको समयका कारण यात्रुुलाई गन्तव्यमा पुग्न ५० घन्टा ढिलो भएको थियो ।

हनिमुन यात्रामा निस्किएका एक जोडीः जो मिशेल र गीर ओलाफसन हनिमुन यात्रामा थिए । उनीहरुले क्रिसमसका लागि गेटविकको बाटो गरी एडिनबर्गस्थित आफ्नो घरमा फर्किने योजना बनाएका थिए । मिशेलले स्थानीय मीडियालाई भनिन्, ‘हामी त्यहाँ पुग्नेका लागि कनेक्टिङ फ्लाइट खोजिरहेका थियौँ । ता कि हामी हामी समयमै गन्तव्यमा पुग्न सकौँ ।’ प्राप्त समाचार अनुसार फ्लाइट लगभग दुई दिन ढिलो भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का