१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पोर्नको लत’ले बर्बाद बनाएको एक युवतीको कथा

१६ पुष २०७८, शुक्रबार ११:३६

पुस १६, काठमाडौँ | केही व्यक्तिहरू पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरूको यसबाहेक अरू कुनै कुरामा ध्यान नै जाँदैन। सामान्य दिनचर्यामा समेत पोर्नले डेरा जमाइसकेको हुन्छ। केही व्यक्तिहरू यो लतलाई लुकाएर पनि लुकाउन सक्दैनन्। जसले गर्दा कतिपयको व्यक्तिगत जीवन नै बर्बाद हुनसक्छ। यसै लतबाट पीडित एक महिलाले आफ्नो कथा सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

ती महिलाले लेखेकी छन्, ‘आफ्नो पार्टनरसँगको यौन जीवन सुखमय बनाउन लागि मैले पोर्न हेर्न सुरु गरेँ। म पार्टनरसँग राम्रो याद बनाउन चाहन्थेँ। सबैभन्दा पहिले मलाई मैले गरेको काम सही छ कि छैन भनेर जान्ने इच्छा थियो। मैले पोर्न साइटहरू खोज्दै गएँ। मैले धेरै विकल्पहरू पनि भेटेँ। केही भिडियोहरूमा हिंसात्मक गतिविधिहरू पनि समेटिएका थिए। भिडियोमा जसरी महिलाले गतिविधि गरेकी थिइन् मलाई त्यस्ता गतिविधि सामान्य लाग्न थाल्यो।’

उनले अगाडि लेखेकी छन्, ‘मलाई नराम्रो लागेपनि मैले ‘कुल’ बनाउने चिज खोजिरहेकी थिएँ। म शारीरिक सम्पर्कलाई सपिङ गर्दा महसुस हुने खुशी जस्तो रूपमा अनुभव गर्न चाहन्थे। जसले मेरो पार्टनरलाई मोहित गरोस्। यौन सम्पर्कको समयमा मेरो पार्टनर जतिसुकै हिंस्रक होस् त्यसलाई चुपचाप सहनुपर्छ भन्ने लाग्थ्यो।’

उनले पोर्नले हरेक कुरालाई सहजै स्वीकार गर्नुपर्छ भन्ने गलत सोचको विकास गरिदिएको बताएकी छन्। उनी भन्छिन्, ‘मैले सुरुमा सम्बन्ध बनाएपछि नै मलाई नराम्रो लागेको व्यवहारलाई अस्वीकार गरिन। मैले मनमा यही कुरालाई राखेकी थिएँ कि पार्टनको हरेक हर्कत अस्वीकार नगरूँ। यसले मेरो यौन जीवन तहसनहस भएर गयो।’

बिस्तारै उनले यो गतिविधि सही नभएको महसुस गर्न थालेको बताइन्। उनले यस्ता शारीरिक सम्पर्कले ज्यान समेत जाने डर उनीमा बढ्न थाल्यो। उनले अगाडि भनिन्, ‘पोर्नको असर वर्षौंसम्म रहीरह्यो। मैले यसकारण आफूलाई असुरक्षित महसुस गर्न थालेँ। मैले हरेक हिंसालाई स्वीकार गरेका कुराहरूले मनमा नराम्रो अनुभव हुन थाल्यो। शारीरिक सम्बन्ध दुई जनाकै राजी खुसीमा सहर्ष स्वीकार गरेर माया बढाउने प्रक्रिया हो भन्ने कुरा मैले धेरै पछि मात्र बुझेँ। हरेक सम्बन्धमा सभ्य तरिकाले अगाडि बढ्नुपर्छ भन्ने कुराको ज्ञान प्राप्त गरेकी छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का