भदौ ७, हरियाणा Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, हरियाणा

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु’ भन्ने स्टाटस लेखेर आत्महत्या

७ भाद्र २०७३, मंगलवार ०६:१८


भदौ ७, हरियाणा । भारतको हरियाणा राज्यमा पर्ने करनालमा एक युवाले सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या गरेका छन् ।

अजय नाम गरेका ती युवाले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गर्नुअघि फेसबुकमा लेखेका थिए, ‘बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ–बाइ ।’

उनको यो पोस्टमाथि साथीहरुले भने गम्भीरता देखाएनन् । बरु धमाधम लाइक गर्न थाले । करिब दुई घण्टापछि उनले आत्महत्या गरे । यतिमात्र होइन, उनले आत्महत्या गरेको खबर पाउनासाथ उनकी दिदी रेणुले पनि आत्महत्या गरिन् ।

भारतीय संचारमाध्यमका अनुसार चार महिना अघि रेणुको विवाह भएको थियो । तर विवाहलगत्तै घरमा विवाद भएपछि उनी माइत बस्दै आएकी थिइन् ।


रेणुले प्रहरीमा यसबारे उजुरी पनि दिएकी थिइन् । उनले आफूमाथि घरमा प्रताडना हुने गरेको कारण देखाउँदै माइत बस्दै आएको समेत उजुरीमा लेखेकी थिइन् ।

रेणुले घरबाट झेलेको तनावका कारण उनका भाई अजय चिन्तित थिए । दिदीले भोगेको दुःख हेर्न नसकी अजयले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । भाईले आत्महत्या गरेको खबर पाउनासाथ रेणुले पनि आत्महत्या गरिन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…