१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमृतसहरमा १३ जना कोभिड संक्रमित क्वारेन्टिनबाट भागेपछि…

२३ पुष २०७८, शुक्रबार ११:४७

पुस २३, काठमाडौँ | इटालीबाट भारत आएका कम्तीमा १३ जना कोभिड–१९ संक्रमित संस्थागत क्वारेन्टिनबाट भागेका छन् । बुधबार अपरान्ह चार्टड फ्लाइटमा मिलानबाट १२५ कोभिड संक्रमित यात्रुहरू पञ्जाबको अमृतसहर आएका थिए ।

तीमध्ये ९ जना विमानस्थलबाट र अरू चारजना एउटा स्थानीय अस्पतालबाट भागेका नगर अधिकारी शेरजंग सिंहले बताए । उनीहरूविरुद्ध मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । भारतमा शुक्रबार एक लाख भन्दा बढी संक्रमित भएको बताइएको छ । विज्ञहरू ओमिक्रोन भेरियन्टका कारण तीव्र रूपमा संक्रमण वृद्धि भएको ठान्छन् ।

इटालीबाट भारतका लागि भएको सो उडानमा कुल एक सय ६० यात्रु थिए । करिब १९ जना बालकालिका एवं शिशुको भने परीक्षण गरिएन ।टिभी फुटेजहरूले संक्रमितहरूलाई अस्पताल लान लामबद्ध एम्बुलेन्सहरू देखाएका छन् । सबै संक्रमितलाई अमृतसरको गुरु नानक देव अस्पतालमा भर्ना गरिएको अधिकारीले बताएका छन् ।

ती यात्रुहरू कसरी भागे भन्ने स्पष्ट भएको छैन । तर, उनीहरूले स्वास्थ्यकर्मीहरूलाई झुक्याएको हुन सक्ने अधिकारीको भनाइ छ । प्रहरीले उनीहरूको राहदानी रद्द गर्ने प्रक्रिया सुरु गरेको बताएको छ । “उनीहरू बिहानसम्म फर्किएनन् भने हामीले उनीहरूको फोटो पत्रिकामा छाप्छौँ र उनीहरू विरुद्ध मुद्दा दर्ता गर्छौं,” अमृतसहरका डेपुटी कमिसनर गुरप्रीत सिंह खेराले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार