२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो देशमा अझै किन चलिरहेको छ २०१३ ! के छ यस पछाडिका कारण ?

२९ पुष २०७८, बिहीबार ०६:२३

पुस २९, काठमाडौँ | एजेन्सी | विश्व अंग्रेजी पात्रो अनुसार २०२२ मा प्रवेश गरिसकेको छ । तर विश्वको यस्तो एउटा मुलुक छ जहाँ सन् २०१३ को वर्ष चलिरहेको छ । यो एक अफ्रिकी देश इथियोपिया हो । इथियोपियाको पात्रो विश्वको पात्रो भन्दा ७ वर्ष ८ महिना पछि चलिरहेको छ ।

यो अफ्रिकी मुलुक विश्वका कयौ अन्य मामिलामा पनि बिल्कुल फरक छ । अन्य देशमा वर्षको १२ महिना हुन्छ भने यो देशमा १३ महिनाको एक वर्ष हुन्छ । इथियोपियाको जनसंख्या करिब ८५ लाख छ, जुन अफ्रिकाकै दोस्रो अधिक जनसंख्या भएको देश हो । इथियोपियाको पात्रो ग्रेगोरियन पात्रो भन्दा करिब पौन ८ वर्ष पछि रहेको छ । यहाँ नयाँ वर्ष जनवरी १ मा मनाइँदैन । सेप्टेम्बर ११ मा यहाँ मानिस नयाँ वर्ष मनाउँछन् 

सन् १५८२ मा ग्रेगोरियन पात्रो सुरु भएको थियो । यो भन्दा पहिले इथियोपियामा जूलियन पात्रोको प्रयोग गरिन्छ । जुन मुलुुक क्याथोलिक चर्च मान्थे उनीहरुले नयाँ पात्रो स्वीकार गरे । तर कयौ देशमा यो स्वीकारनै गरिएन र यसको बिरोध पनि गरे । यी देशमा इथियोपिया पनि समावेश छ ।

इथियोपियाका मानिस अर्थोडक्स चर्च मान्छन् । ७ बीसीमा इसा मसिहाको जन्म भएको थियो । जसका अनुसार पात्रोको गन्ती सुुरु भयो । जबकी अन्य देशमा इसा मसिहाको जन्म एडी वान मानिन्छ । यस कारण हालसम्मको पात्रोमा वर्ष २०१३ चलिरहेको छ । जबकी विश्वका अन्य देशमा २०२२ सुरु भइसकेको छ ।

इथियोपिन पात्रोमा १३ महिनाको १ वर्ष हुन्छ । जसमा १२ महिना ३० दिन हुन्छ । अन्तिम महिनालाई यहाँ पाग्यूमे भनिन्छ । जसमा पाँच वा ६ दिन हुन्छ । वर्षको गणनामा नआउने दिनलाई जोडेर यो महिना बनाइन्छ ।

सबैभन्दा विशिष्ट कुरा के छ भने युनेस्कोको विश्व सम्पदा साइटमा समावेश सबैभन्दा बढी स्थान इथियोपियाको छ । यहाँको सुन्दरता हेर्न विश्वभरीका मानिस आउने गर्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव