२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्की युवतीलाई घर ल्याएपछि लिलियाले श्रीमानको हत्या गरेको स्वीकार

३० पुष २०७८, शुक्रबार ०६:११

पुस ३०, काठमाडौँ | एजेन्सी | चर्चित मोडलले आफ्ना श्रीमानले अर्की युवतीलाई घर ल्याएका कारण आफूले उनको हत्या गरिदिएको स्वीकार गरेकी छिन् । मोडलले श्रीमानमाथि थुप्रै पटक हमला गरिन् । यी युवतीको पहिचान २७ वर्षकी भोग मोडल  लिलिया सुदाकोवाको रुपमा भएको छ । उनको तस्बिर रसियाली भोग म्यागजिन र इटली तथा अन्य देशका थुप्रै म्यागजिनको कभर पेजमा छापिइसकेको छ । मोडलले आफ्ना २८ वर्षका श्रीमान् सर्जेइ पोपोभले अर्की युवतीलाई घरमा ल्याएपछि श्रीमानको हत्या गरेको आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । दोषी ठहर भएको खण्डमा उनीमाथि १५ वर्षको कैद सजाय हुनसक्छ ।

डेली मेलका अनुसारमोडल लिलियाले श्रीमानसँग यौनसम्बन्ध स्थापित राख्न अस्वीकार गरेकी थिइन् । उनका अनुसार त्यसपछि उनका श्रीमानले अर्की युवतीलाई घरमा ल्याएका थिए ।

लिलियाले प्रहरीलाई भनिन्, ‘श्रीमान घर आउँदा उनी नसाले बेस्सरी मात्तिएका थिए । उनीसँग एकजना युवती पनि थिइन् । मैले बुझिसकेको थिएँ कि उनले मलाई के देखाउन चाहन्छन् । उनले आफू अर्की युवतीसँग पनि यौनसम्बन्ध स्थापित गर्न चाहन्छ भनेर मलाई देखाउन चाहन्थ्यो । उनले एकदिन अघि मसँग यौन सम्बन्ध राख्न चाहेको थियो ।’

मोडलले प्रहरीलाई के भनिन् ?

लिलियाले दिएको जानकारी अनुसार जब उनका श्रीमान् पोपोभले अर्की युवती लिएर आए तब उनी भान्सा कोठामा गइन् । भान्सा कोठामा जानुअघि उनले घरमा आएकी युवतीलाई के खाने भनेर सोधिन् । त्यतिबेला उनका श्रीमान्ले पनि आफूलाई भोक लागेको बताए । तर लिलियाले श्रीमानलाई आफै खान बनाउन भनिन् । यो कुरा सुन्ने बित्तिकै उनी रिसाए ।

मोडलका अनुसार उनी भान्सामा चक्कूले गोलभेडा काटिरहेकी थिइन् । त्यतिबेला आफूलाई पोपोभले आक्रमण गरेको उनले दाबी गरिन् । उक्त घटना भइरहेका बेला सेन्ट पिटर्सबर्गस्थित आफ्नो फ्ल्याटमा यी दुईका साथी पनि उपस्थित भएको मोडलले बताइन् । उनका साथीले पोपोभलाई तानेर आक्रमण गर्नबाट रोकेको मोडलले बताइन् ।

मोडलको दाबी अनुसार पोपोभ पुनः उनलाई आक्रमण गर्न आए । उनलाई हटाउन खोज्दा आफ्नो हातमा भएको चक्कू उनको छातीमा रोपिएको उनले जानकारी दिइन् ।

‘मैले रगत देखेँ, मैले हातमा चक्कू पनि देखेँ,’ उनले भनिन् । ‘अब उनले मलाई त्यहि चक्कूले मार्छन् भनेर असाध्यै डर लाग्यो ।’



‘त्यसपछि मैले एम्बुलेन्स बोलाएँ, उनलाई होसमा ल्याउन खोजेँ, उनलाई पानी दिएँ । पोपोभले त्यतिबेला भने, ‘खासै दुखेको छैन,’ त्यसपछि मैले भनेँ, ‘मलाई माफ गर ।’’

पोपोभको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

८ महिनासम्म घरमै कैदः

अदालतमा सुनुवाईका बेला अभियोजन पक्षले उनले जानीजानी श्रीमानको हत्या गरेको आरोप लगाए । लिलिया हाल घरभित्रै कैद छिन् । उनीमाथि पछिल्लो आठ महिनादेखि ट्रायल चलिरहेको छ । यस्तै मोडलले आफ्नो कहानी ‘ह्वाई वुमन किल’ नामको एउटा शोमा बयान गरेकी छिन् ।

आमा छोरीको बचाउमा उत्रिइन्ः

सेन्ट पिटर्सबर्गको कोर्टमा सुनुवाईको क्रममा उनीमाथि हत्याको आरोप लगाइएको छ । यो मुद्दामा ट्रायल यसै महिनादेखि सुरु हुनेछ । त्यसपछि उनीमाथि सुनुवाई हुनसक्छ ।

ती मोडलले अनुसन्धानको सुरुमा आफ्ना चार वर्ष पुराना श्रीमानले बारमा भेटेकी युवतीलाई घरमा ल्याएको इर्ष्यामा चक्कूमार्फत् हमला गरेको बताएकी थिइन् ।



उनकी आमा इरेनाले आफ्नी छोरी निकै लामो समयदेखि घरेलु हिंसाको शिकार भएको दाबी गर्दै उनले १३ महिना अघि पोपोभलाई आफ्नो बचाउन गर्दा चक्कू प्रहार भएको बताइन् ।

फ्ल्याटमा उपस्थित प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले भनिन्, ‘उनले मेरी छोरीको कपाल समातेको थियो, उनीमाथि छुटकारा पाउनका लागि धकेल्दा चक्कू रोपिएको हो ।’

उनले थपिन्, ‘लिलिया पीडित हुन्, त्यो उनको आत्मरक्षा थियो । यो सबै दुर्घटनावश भएको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल