२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्की युवतीलाई घर ल्याएपछि लिलियाले श्रीमानको हत्या गरेको स्वीकार

३० पुष २०७८, शुक्रबार ०६:११

पुस ३०, काठमाडौँ | एजेन्सी | चर्चित मोडलले आफ्ना श्रीमानले अर्की युवतीलाई घर ल्याएका कारण आफूले उनको हत्या गरिदिएको स्वीकार गरेकी छिन् । मोडलले श्रीमानमाथि थुप्रै पटक हमला गरिन् । यी युवतीको पहिचान २७ वर्षकी भोग मोडल  लिलिया सुदाकोवाको रुपमा भएको छ । उनको तस्बिर रसियाली भोग म्यागजिन र इटली तथा अन्य देशका थुप्रै म्यागजिनको कभर पेजमा छापिइसकेको छ । मोडलले आफ्ना २८ वर्षका श्रीमान् सर्जेइ पोपोभले अर्की युवतीलाई घरमा ल्याएपछि श्रीमानको हत्या गरेको आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । दोषी ठहर भएको खण्डमा उनीमाथि १५ वर्षको कैद सजाय हुनसक्छ ।

डेली मेलका अनुसारमोडल लिलियाले श्रीमानसँग यौनसम्बन्ध स्थापित राख्न अस्वीकार गरेकी थिइन् । उनका अनुसार त्यसपछि उनका श्रीमानले अर्की युवतीलाई घरमा ल्याएका थिए ।

लिलियाले प्रहरीलाई भनिन्, ‘श्रीमान घर आउँदा उनी नसाले बेस्सरी मात्तिएका थिए । उनीसँग एकजना युवती पनि थिइन् । मैले बुझिसकेको थिएँ कि उनले मलाई के देखाउन चाहन्छन् । उनले आफू अर्की युवतीसँग पनि यौनसम्बन्ध स्थापित गर्न चाहन्छ भनेर मलाई देखाउन चाहन्थ्यो । उनले एकदिन अघि मसँग यौन सम्बन्ध राख्न चाहेको थियो ।’

मोडलले प्रहरीलाई के भनिन् ?

लिलियाले दिएको जानकारी अनुसार जब उनका श्रीमान् पोपोभले अर्की युवती लिएर आए तब उनी भान्सा कोठामा गइन् । भान्सा कोठामा जानुअघि उनले घरमा आएकी युवतीलाई के खाने भनेर सोधिन् । त्यतिबेला उनका श्रीमान्ले पनि आफूलाई भोक लागेको बताए । तर लिलियाले श्रीमानलाई आफै खान बनाउन भनिन् । यो कुरा सुन्ने बित्तिकै उनी रिसाए ।

मोडलका अनुसार उनी भान्सामा चक्कूले गोलभेडा काटिरहेकी थिइन् । त्यतिबेला आफूलाई पोपोभले आक्रमण गरेको उनले दाबी गरिन् । उक्त घटना भइरहेका बेला सेन्ट पिटर्सबर्गस्थित आफ्नो फ्ल्याटमा यी दुईका साथी पनि उपस्थित भएको मोडलले बताइन् । उनका साथीले पोपोभलाई तानेर आक्रमण गर्नबाट रोकेको मोडलले बताइन् ।

मोडलको दाबी अनुसार पोपोभ पुनः उनलाई आक्रमण गर्न आए । उनलाई हटाउन खोज्दा आफ्नो हातमा भएको चक्कू उनको छातीमा रोपिएको उनले जानकारी दिइन् ।

‘मैले रगत देखेँ, मैले हातमा चक्कू पनि देखेँ,’ उनले भनिन् । ‘अब उनले मलाई त्यहि चक्कूले मार्छन् भनेर असाध्यै डर लाग्यो ।’



‘त्यसपछि मैले एम्बुलेन्स बोलाएँ, उनलाई होसमा ल्याउन खोजेँ, उनलाई पानी दिएँ । पोपोभले त्यतिबेला भने, ‘खासै दुखेको छैन,’ त्यसपछि मैले भनेँ, ‘मलाई माफ गर ।’’

पोपोभको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

८ महिनासम्म घरमै कैदः

अदालतमा सुनुवाईका बेला अभियोजन पक्षले उनले जानीजानी श्रीमानको हत्या गरेको आरोप लगाए । लिलिया हाल घरभित्रै कैद छिन् । उनीमाथि पछिल्लो आठ महिनादेखि ट्रायल चलिरहेको छ । यस्तै मोडलले आफ्नो कहानी ‘ह्वाई वुमन किल’ नामको एउटा शोमा बयान गरेकी छिन् ।

आमा छोरीको बचाउमा उत्रिइन्ः

सेन्ट पिटर्सबर्गको कोर्टमा सुनुवाईको क्रममा उनीमाथि हत्याको आरोप लगाइएको छ । यो मुद्दामा ट्रायल यसै महिनादेखि सुरु हुनेछ । त्यसपछि उनीमाथि सुनुवाई हुनसक्छ ।

ती मोडलले अनुसन्धानको सुरुमा आफ्ना चार वर्ष पुराना श्रीमानले बारमा भेटेकी युवतीलाई घरमा ल्याएको इर्ष्यामा चक्कूमार्फत् हमला गरेको बताएकी थिइन् ।



उनकी आमा इरेनाले आफ्नी छोरी निकै लामो समयदेखि घरेलु हिंसाको शिकार भएको दाबी गर्दै उनले १३ महिना अघि पोपोभलाई आफ्नो बचाउन गर्दा चक्कू प्रहार भएको बताइन् ।

फ्ल्याटमा उपस्थित प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले भनिन्, ‘उनले मेरी छोरीको कपाल समातेको थियो, उनीमाथि छुटकारा पाउनका लागि धकेल्दा चक्कू रोपिएको हो ।’

उनले थपिन्, ‘लिलिया पीडित हुन्, त्यो उनको आत्मरक्षा थियो । यो सबै दुर्घटनावश भएको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै