२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्याकरले चाेरे ४० करोड अमेरिकी डलर ! कसरी सम्भव भयो ?

३० पुष २०७८, शुक्रबार ०८:५१

पुस ३०, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाली ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्महरुमा कम्तिमा सातपटक साइवर आक्रमण गरेर करिब ४० करोड अमेरिकी डलर चोरेको एक प्रतिवेदन सार्वजनिक भएको छ । ब्लकचेन एनलाइसिस कम्पनी चेनएनलाइसिसले अन्तर्राष्ट्रिय जगतबाट अलगिएको पूर्वी एसियाली मुलुक उत्तर कोरियाका साइवर अपराधिहरुलाई गएको वर्ष निकै फापेको जनाएको छ ।

तर, उत्तर कोरियाले आफूमाथि लगाइने गरेका यस्ता साइवर आक्रमणको आरोप अस्वीकार गर्दै आएको छ । चेनएनलाइसिसले भने सन् २०२० देखि २०२१ उत्तर कोरियासँग सम्बन्धित यस्तो आक्रमण चारबाट सात पुगेको र यसरी ह्याक गरेर निकालिएको सम्पत्ति ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । ह्याकरहरुले विभिन्न संस्थाको ‘हट’ वाल्लेटहरुबाट पैसा निकालेर उत्तर कोरियाको नियन्त्रणमा रहेका ठेगानाहरुमा पुर्याउन फिसिंग ल्युर, कोड एक्सप्लोइट र माल्वेयरजस्ता थुप्रै प्रविधि प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

क्रिप्टोकरेन्सी हट वाल्लेटहरु इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएकाले ह्याकिङ हुने जोखिम धेरै छ । तिनीहरुलाई क्रिप्टोकरेन्सी पठाउन र प्राप्त गर्न तथा प्रयोगकर्ताहरुलाई तिनीहरुसँग कतिवटा टोकन छन् भन्ने हेर्ने अनुमति दिन प्रयोग गरिन्छन् । अधिकांश विशेषज्ञहरु दिनदिनै ठूलो परिमाणमा क्रिप्टोकरेन्सी ‘कोल्ड’ वाल्लेटमा पठाउनु नपर्ने सुझाव दिने गर्छन् ।

चेनएनलाइसिसले गत वर्ष अमेरिकाबाट आधिकारिकता प्राप्त लजारस ग्रुप नामक ह्याकर समूहले थुप्रै साइवर आक्रमण गरेको र वास्तवमा उक्त समूह उत्तर कोरियाको प्रमुख गुप्तचर निकाय रुकन्सेस जनरल ब्युरोबाट नियन्त्रित रहेको विश्वास गरिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…