२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्याकरले चाेरे ४० करोड अमेरिकी डलर ! कसरी सम्भव भयो ?

२०७८, ३० पुष शुक्रबार ०८:५१

पुस ३०, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाली ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्महरुमा कम्तिमा सातपटक साइवर आक्रमण गरेर करिब ४० करोड अमेरिकी डलर चोरेको एक प्रतिवेदन सार्वजनिक भएको छ । ब्लकचेन एनलाइसिस कम्पनी चेनएनलाइसिसले अन्तर्राष्ट्रिय जगतबाट अलगिएको पूर्वी एसियाली मुलुक उत्तर कोरियाका साइवर अपराधिहरुलाई गएको वर्ष निकै फापेको जनाएको छ ।

तर, उत्तर कोरियाले आफूमाथि लगाइने गरेका यस्ता साइवर आक्रमणको आरोप अस्वीकार गर्दै आएको छ । चेनएनलाइसिसले भने सन् २०२० देखि २०२१ उत्तर कोरियासँग सम्बन्धित यस्तो आक्रमण चारबाट सात पुगेको र यसरी ह्याक गरेर निकालिएको सम्पत्ति ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । ह्याकरहरुले विभिन्न संस्थाको ‘हट’ वाल्लेटहरुबाट पैसा निकालेर उत्तर कोरियाको नियन्त्रणमा रहेका ठेगानाहरुमा पुर्याउन फिसिंग ल्युर, कोड एक्सप्लोइट र माल्वेयरजस्ता थुप्रै प्रविधि प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

क्रिप्टोकरेन्सी हट वाल्लेटहरु इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएकाले ह्याकिङ हुने जोखिम धेरै छ । तिनीहरुलाई क्रिप्टोकरेन्सी पठाउन र प्राप्त गर्न तथा प्रयोगकर्ताहरुलाई तिनीहरुसँग कतिवटा टोकन छन् भन्ने हेर्ने अनुमति दिन प्रयोग गरिन्छन् । अधिकांश विशेषज्ञहरु दिनदिनै ठूलो परिमाणमा क्रिप्टोकरेन्सी ‘कोल्ड’ वाल्लेटमा पठाउनु नपर्ने सुझाव दिने गर्छन् ।

चेनएनलाइसिसले गत वर्ष अमेरिकाबाट आधिकारिकता प्राप्त लजारस ग्रुप नामक ह्याकर समूहले थुप्रै साइवर आक्रमण गरेको र वास्तवमा उक्त समूह उत्तर कोरियाको प्रमुख गुप्तचर निकाय रुकन्सेस जनरल ब्युरोबाट नियन्त्रित रहेको विश्वास गरिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि