२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चङ्गा उडाउन खोज्दा आफैं ३० फिटमाथि उडेपछि…

२०७८, ३० पुष शुक्रबार १०:२६

पुस २६, काठमाडौँ | यतिबेला श्रीलंकामा भएको एक घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । श्रीलंकाको जाफ्नास्थित पोइन्ट पेड्रोमा आयोजित चङ्गा उडाउने प्रतियोगिताका क्रममा खिचिएको भिडियो भाइरल बनेको हो ।

भिडियोमा एउटा ठूलो चङ्गा उडाउन लाग्दा नदरस मनोहरनलाई चङ्गाले तानेर ३० फिटमाथिसम्म पुर्‍याएको देख्न सकिन्छ । प्रतियोगितामा मनोहरनसहित ६ जनाको एक टोलीले जुटको डोरीसहितको एउटा ठूलो चङ्गा उडाउने प्रयास गरेका थिए । चङ्गा आकाशमा विस्तारै उड्न थालेको थियो र मनोहरनले डोरी समातेर तलमाथि गरिरहेका थिए ।  सोही क्रममा चङ्गाको गति तीव्र बन्दा उनी डोरीसँगै ३० फिटमाथि पुगेका हुन् ।

उक्त दृश्य क्यामेरामा कैद गरिएको थियो । झण्डै १ मिनेट लगाएर मनोहरनलाई जमिनमा ओरालिएको थियो । चङ्गाको डोरी समातेर उडाउने क्रममा मनोहरनलाई चङ्गाले नै तानेको हो । झण्डै १२ मिटरमाथि चङ्गासँग आकाशमा उडेका उनलाई साथीहरूले निकै जोड गरेर जमिनमा तानेका थिए । आकाशबाट जमिनमा ओर्लने क्रममा उनलाई सामान्य चोटपटक मात्रै लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ