२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लास जलाएपछि खरानीको सुप बनाएर पिउने अनौठो संस्कार !

४ माघ २०७८, मंगलवार ०८:१८

एजेन्सी | दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ ।

लास जलाएको खरानीको सुप बनाएर खाने चलन भएको आदिवासी समुदायको नाम यानोमामी हो । कतिपय रिपोर्ट अनुसार त यो समुदायमा मृतक मानिसको मासु पनि खाने चलन छ ।

यो जनजाति समुदायलाई यानम वा सेनेमा पनि भनिन्छ । दक्षिण अमेरिकाका ब्राजिल, भेनेजुलयलालगायतका देशमा यो आदिवासी समुदायको बसोबास छ । यस समुदायको सभ्यता पश्चिमी सभ्यता पश्चिमी सभ्यताभन्दा विल्कुलै फरक छ ।

यो समुदायमा मृत्यु संस्कार निकै निकै अनौठो छ जसलाई एन्डोक्यानिबेलिज्म भनिन्छ । जस अन्तरगत मानिसहरुले आफ्नो परिवारका मृतक व्यक्तिको मासु खाने गर्दछन् । यो जनजातिमा कुनैपनि व्यक्तिको मृत्यु भएपछि लासलाई पातपतिंगर वा अन्य चिजवीजहरूले ढाकेर राखिन्छ । परिवारका सदस्यले मासु खाएर बँचेको सरीरको भाग जलाइन्छ र त्यसरी जलाएर बनेको खरानीको सुप बनाएर पिउने गरिन्छ ।

मृत्युपछि मृतकको आत्माको रक्षा गर्नुपर्दछ भन्ने मान्यतामा यो समुदायमा यस्तो डरलाग्दो अन्तिम संस्कारको चलन रहिआएको छ । मृतकको शरीरलाई उसका आफन्तहरूले खाएमा मात्रै उसको आत्मालाई शान्ति मिल्ने परम्परा यो आदिवासीमा रहेको छ ।

कालगतिले मरेको मानिसको मासु र खरानी परिवारका सबै सदस्यले खाने तर हत्या भएको मानिसको लासको खरानीचाहिँ केवल महिलाले मात्र खाने चलन यो समुदायमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…