२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्बन्धका ८ प्रकार : तपाईंको सम्बन्ध कस्तो ? केवल शुद्ध प्रेममा के हुन्छ ?

७ माघ २०७८, शुक्रबार ०९:४६

व्यक्ति जो कोही अरूभन्दा फरक हुन्छ। अरूसँग मिल्ने केवल व्यक्तित्व हो। रोजाइहरू समान हुन सक्छन्। क्षमताहरू फरक फरक हुने गर्छ। जोसँग हाम्रो रोजाई समान हुन पुग्छ। त्यो मान्छे हामीलाई मन पर्छ। उसैसँग जीवन नै बिताउने सम्भावना पनि त्यत्तिकै हुन्छ। तर, त्यो सम्बन्धले पनि जोडीको व्यक्तित्वलाई चित्रित गर्ने गर्दछ। दुई जनाको जोडीमा जब एकै किसिमको सम्बन्ध हुन्छ। अनि मात्रै दीर्घकालीन सम्बन्धको सुरुवात हुन्छ। अक्सर प्रेमी र प्रेमिकाबीचको सम्बन्धहरू कस्तो कस्तो हुन्छ ? त्यो विषयमा हामीले व्याख्या गर्ने प्रयास गरेका छौं।

एक अर्कामा अभिन्न: संसारमा कुनै जोडी एक अर्कामा अभिन्न हुने खालका पनि देखिन्छन्। एकले अर्काको काममा सधैं निश्वार्थ भएर सहयोग गर्छन्। उनीहरू प्रेममा नै यति लीन हुन्छन् कि ती दुईबाहेक अरू कसैसँग पनि आफूहरूको सम्बन्ध नै हुँदैन जस्तो सोचाई आउने गर्छन्। उनीहरू अर्काको अभावमा आफूलाई नै अपूर्ण सम्झन्छन्।

आफैं भित्र भ्रमित: कुनै दम्पती वा प्रेम जोडीहरू कहिले झगडा त कहिले एक अर्काको आलिंगनमा रमाइरहेका हुन्छन्। एक दिन झगडा गरेका उनीहरू अर्को दिन सँगै कफी पिउँदै गरेको भेटिन्छ। नजिक हुँदा जति लडे पनि उनीहरू एक अर्कासँग कहिल्यै छुटिँदैनन्।

देखावटी प्रेम: कुनै जोडीहरू देखावटी प्रेमलाई नै वास्तविक सम्झने स्वभावका हुन्छन्। उनीहरू जहाँ भेट्यो त्यहीँ आफ्नो प्रेम देखाउन आतुर हुन्छन्। सार्वजनिक ठाउँमा नै चुम्बन गर्ने, नराम्रा हर्कतहरु गर्ने गर्छन्। यस्ता जोडीहरू लजालु जोडीको लागि भने समस्याका पात्रहरू हुन्। उनीहरू एक अर्काको प्रेमलाई खुल्ला रूपमा देखाउन चाहन्छन्। उनीहरू आन्तरिक रुपमाभन्दा बाहिरी प्रेम देखाउने प्रयासमा हुन्छन्।

प्रेमका कुरा: अफिसियल जोडीहरू अफिसमा सँगै काम गर्ने भए पनि उनीहरू खुल्ला रूपमा एक अर्काको सम्बन्धलाई सार्वजनिक गर्दैनन्। केवल उनीहरू कार्यालयको समय बित्ने प्रतीक्षामा प्रेम साँचेर राखेका हुन्छन्। एक अर्कासँग सँगै समय बिताउने इच्छा भए पनि कामको आचार र कार्यालयको नियमका कारण उनीहरू कार्यालय समयमा एक अर्कासँग प्रेमका कुरा गर्दैनन्।

भाग्यले नै जुराएका जोडी: केही जोडीहरू ब्राजिलका उपन्यासकार पालो कोएल्होको उद्धरण जस्तै गरी भेट भएका हुन्छन्। उनीहरू भाग्यले नै एक आपससँग भेट भएका हुन्छन्। एक पटक भेट भएपछि उनीहरू एक अर्कालाई मन पर्न थाल्छ। त्यसपछि उनीहरू कहिल्यै आफ्नो सम्बन्धप्रति विचलित हुँदैनन्। उपन्यासकार पालोले भनेका थिए ‘जब तपाईं केहीलाई चाहनुहुन्छ भने सारा ब्रह्माण्डले तपाईंलाई यो हासिल गर्न मद्दत गर्ने योजना बनाउँछ।’

बाल्यकालदेखि कै मित्र: धेरैको सम्बन्ध बाल्यकालदेखि नै जोडिएको हुन्छ। नेपाली समाजमा त कतिको सम्बन्ध जन्म पहिले नै निश्चित गर्ने प्रथा समेत पाइन्छ। कोही मानिसहरू जन्मैदेखि परेवाको जोडी जस्तै जोडिएका हुन्छन्। कोमल उमेरमा भेटेकाहरू निर्दोष प्रेमदेखि परिपक्व प्रेमसम्मको यात्रामा पुग्दा जीवनसाथीको रूपमा परिणत भइसकेका हुन्छन्। यो प्रेम पनि दीर्घकालसम्म अटुट हुने गर्दछ।

लाभदायक साथी: हामी सबैमा स्वभावैले यौन इच्छा जागृत हुने गर्दछ। सम्पूर्ण जीवहरूको लागि यो स्वाभाविक कुरा हो। केही मानिसहरू अर्को व्यक्तिसँग जोडिन डराउँछन्। तर, शारीरिक प्रेमको अनुभव गर्न चाहन्छन्। आफ्ना आवश्यकताहरूलाई पूरा गरेर एक अर्कालाई बिर्सने सम्बन्ध पनि धेरै हुन्छ। उनीहरू कुनै पनि प्रतिबद्धता वा अपेक्षा बिना नै शारीरिक सम्पर्कमा रहने गर्दछन्।

केवल सिद्ध: यस्ता मानिसहरू भेट्टाउन कठिन छ। तर, यस्ता पनि नहुने भने होइनन्। जो एक अर्कालाई प्रत्येक अर्थमा क्षितिजमा देख्न चाहन्छन्। उनीहरूसँग नै झगडा गर्छन् उनीहरूसँग नै झगडा गर्छन्। तर, त्यो आफ्नो साथीलाई प्रगति पथमा लम्काउनको लागि नै हुने गर्दछ। उनीहरू एक अर्कालाई औधी मन पनि पराउँछन्। तर, व्यक्त गर्न चाहँदैनन्। यो केवल शुद्ध, परोपकारी प्रेम हो।

माथि उल्लेख गरिएकामध्ये तपाईंहरुको जोडी कुन किसिमको छ ? भन्ने कुरा खासै फरक पर्दैन। यो पनि आवश्यक छैन कि सम्बन्ध माथि उल्लेख गरिएको नै हुन्छ भन्ने। कुनै पनि जोडी माथि उल्लेखित कुनै पनि श्रेणीमा नपर्ने सम्भावना पनि हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला