२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मकैदको सजाय सुनाइएका कैदीले ल्याए परीक्षामा सबैभन्दा उत्कृष्ट अंक, छात्रवृत्ति समेत पाए

२०७८, ९ माघ आईतवार ०९:३३

माघ ९, काठमाडौँ | एजेन्सी | जन्मकैदको सजाय सुनाइएका पाकिस्तानका एक कैदीले माध्यमिक शिक्षाको परीक्षामा सबैभन्दा धेरै अंक बटुल्दै थप पढाइका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । कराँचीको कारागारमा रहेका ३५ वर्षीय सयेद नइम शाहले निजी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउँदै इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ पाकिस्तानबाट थप शिक्षाका लागि छात्रवृत्ति प्राप्त गरेका हुन् ।

देशका अन्य कारागारजस्तै कराँचीको कारागारमा पनि निर्धारित संख्याभन्दा धेरै कैदीहरु राख्ने गरिन्छ । २४ सयको क्षमता रहेको उक्त कारागारमा ६ हजारभन्दा बढी कैदी रहेको बताइएको छ । एमनेस्टी इन्टरनेसनलले पाकिस्तानको कारागारको अवस्था दयनीय रहेको बताएको छ ।

कारागारभित्रबाटै रोयटर्ससँगको अन्तरवार्तामा शाहले आफूलाई सानोमा स्कूल जान मन लाग्ने तर परिवारको आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन नसकेको बताएका छन् । उनले कारागारमा अन्य कैदीहरू पनि पढिरहेको र उनीहरुले नै आफूलाई परीक्षा दिनका प्रेरित र सहयोग गरेको जानकारी दिए । कारागारका डेपुटी सुपरिटेन्डेन्ट सइद सुमरोले कारागारका १२ सय कैदी हाल पढिरहेको बताउँदै शाहले हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गरे । छात्रवृत्ति पाए पनि शाहले अझै प्रवेशिका परीक्षा भने पास गर्नुपर्ने इन्स्टिच्युटका अधिकारीले बताएका छन् । छात्रवृत्तिको रकम १० लाख पाकिस्तानी रुपैयाँ बराबरको रहेको छ ।

सन् २०१० मा व्यक्तिगत रिसिइबीमा एक व्यक्तिको हत्या गरेको आरोपमा सन् २०१८ मा शाहलाई जन्मकैदको सजाय सुनाइएको थियो । पाकिस्तानमा जन्मकैदको अवधि २५ वर्ष रहेको छ । तर, सुनुवाइमा बिताएको समय, पढाइमा हासिल गरेको उपलब्धि, राम्रो आचरण र रक्तदानको अंकको कारणले अब उनी आगामी ६ वर्षमा रिहा हुने बताइएको छ । सीएनएन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने