२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण अफ्रिकाबाट विमानको पांग्रामा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक

१३ माघ २०७८, बिहीबार ०८:२१

एजेन्सी | दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गो विमानको अगाडिको पाङ्ग्रा भएको भागमा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक भएको खुलेको छ ।

डच प्रहरीले ती युवक केन्याका २२ वर्षीय व्यक्ति रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

गत आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गोलस विमान केन्याको नैरोबी हुँदै नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा अवतरण गरेको थियो । उक्त विमानको अगाडिको पांग्रामा लुकेर बसेका युवकलाई एम्सटर्डम विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । यद्यपि, उनी दक्षिण अफ्रिकाबाट उक्त विमानमा लुकेर बसेका थिए कि केन्याबाट भन्ने चाहिँ खुलेको छैन ।

विमानको बाहिरी भागमा बसेर लामो हवाई यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई अधिकारीहरूले आश्चर्यजनक भनेका छन् । विमान निकै उचाइमा उड्ने हुँदा कम अक्सिजन र अत्यधिक चिसोले ज्यान जाने गर्दछ । तर, ती २२ वर्षीय युवक जीवितै फेला परेको र स्वास्थ्य पनि सामान्य भएकाले यसलाई दुर्लभ घटना मानिएको छ ।

उनी नेदरल्याण्डमा शरण लिएर बस्ने योजनामा रहेको अनुमान गरिएको छ । डच प्रहरीका एकजना प्रवक्ताले भनेका छन्, ‘उनले नेदरल्याण्डमा शरण लिन निवेदन दिनसक्ने अनुमान छ । यद्यपि अहिले उनको उपचार नै प्राथमिकता हो ।’

विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य सामान्य रहेको र राम्रोसँग कुराकानी गर्ने गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो