२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण अफ्रिकाबाट विमानको पांग्रामा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक

२०७८, १३ माघ बिहीबार ०८:२१

एजेन्सी | दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गो विमानको अगाडिको पाङ्ग्रा भएको भागमा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक भएको खुलेको छ ।

डच प्रहरीले ती युवक केन्याका २२ वर्षीय व्यक्ति रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

गत आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गोलस विमान केन्याको नैरोबी हुँदै नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा अवतरण गरेको थियो । उक्त विमानको अगाडिको पांग्रामा लुकेर बसेका युवकलाई एम्सटर्डम विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । यद्यपि, उनी दक्षिण अफ्रिकाबाट उक्त विमानमा लुकेर बसेका थिए कि केन्याबाट भन्ने चाहिँ खुलेको छैन ।

विमानको बाहिरी भागमा बसेर लामो हवाई यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई अधिकारीहरूले आश्चर्यजनक भनेका छन् । विमान निकै उचाइमा उड्ने हुँदा कम अक्सिजन र अत्यधिक चिसोले ज्यान जाने गर्दछ । तर, ती २२ वर्षीय युवक जीवितै फेला परेको र स्वास्थ्य पनि सामान्य भएकाले यसलाई दुर्लभ घटना मानिएको छ ।

उनी नेदरल्याण्डमा शरण लिएर बस्ने योजनामा रहेको अनुमान गरिएको छ । डच प्रहरीका एकजना प्रवक्ताले भनेका छन्, ‘उनले नेदरल्याण्डमा शरण लिन निवेदन दिनसक्ने अनुमान छ । यद्यपि अहिले उनको उपचार नै प्राथमिकता हो ।’

विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य सामान्य रहेको र राम्रोसँग कुराकानी गर्ने गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने