२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३२४ वर्ष पुरानो किताबमा भेटियो एलियन्सका प्रमाण,कस्ता हुनसक्ने ?

१० जेष्ठ २०७९, मंगलवार ०८:३५

जेठ १०, काठमाडौँ | एजेन्सी | बेलायतमा १७ औँ शताब्दिमा देखिएको एक दुर्लभ किताब भेटिएको छ । यसमा शनि र वृहस्पतिमा अर्को संसार भएको कुरा गरिएको छ । यो किताबमा लेखिएका कुरामा सायद कसैले विश्वास गर्लान् तर ३२४ वर्ष अघि लेखिएको यो किताबमा एलियन्स र अर्को दुनियाँमाथि विश्वास गर्नेहरुले चर्चा परिचर्चा गर्ने गर्छन् । किताब छिटै नै लिलामीमा बेचिने बताइएको छ ।


यो किताब सन् १६९८ मा डच गणितिज्ञ, भौतिक विज्ञानी, खगोलशास्त्री क्रिस्टियान ह्यूजेन्सले लेखेका थिए । उनीहरुले प्रश्न सोधेका थिए, ‘के भगवानले अन्य ग्रहलाई पृथ्पीबाट हेर्नका लागि मात्रै बनाउनेछन् ? यसको कुनै न कुनै उद्देश्य पक्कै पनि हुनुपर्छ र त्यो उद्देश्य हो – जीवन ।’

Rare book predicting alien life discovered in Cotswolds – BBC News

अन्य दुनियाँबारे धेरै कुरा बताइएको छः

किताबको मूल्याङ्कन गर्ने जिम स्पेन्सरका अनुसार दोस्रो ग्रहका मानिस कस्ता देखिन्छन्, उनीहरुले आफ्नो समय कसरी बिताउलान्, यहाँसम्म कि उनीहरुको सङ्गीत कस्तो होला भन्ने जानकारी दिने कोसिस गरिएको छ ।

उनले भने, ‘यो ठट्टा जस्तो लाग्छ तर यसलाई वैज्ञानिकले तर्कसँग जोडेर भनिरहेका छन् ।’

सङ्गीतका शौखिन छन् अर्को ग्रहका जीव

किताबमा लेखिए अनुसार अर्को ग्रहका यी जीवले जसलाई पनि समात्न सक्छन्, जे पनि फ्याँक्न सक्छन्, यहाँसम्म कि जमिनबाट सानोभन्दा सानो चिज उठाउन पनि सक्छन् ।

तिनीहरुका खुट्टा अचम्मका हुन्छन् । कहिलेकाँही त तिनीहरु उड्न पनि सिक्छन् ।’


ह्युजेन्सले लेखे अनुसार तिनीहरु स्पष्ट रुपमा निकै बुद्धिमान छन् । तिनीहरु खगोलविद र मास्टर नेभिगेटर हुनसक्छन् । विशेषगरी वृहस्पति र शनिमाथि । तिनीहरु समाजमा बस्छन् र सामाजिक सुखको पनि आनन्द लिन्छन् जस्तै कुराकानी, प्रेम, ठट्टा । तिनीहरुले पनि हामीले झैँ सङ्गीतको आनन्द लिन्छन् र सङ्गीतको वाद्ययन्त्र पनि पक्कै पनि बजाउँछन् ।

आफ्नो किताबमा उनीहरुले यो पनि लेखेका छन् कि वृहस्पति र शनिका जीवले दुर्भाग्य, युद्ध, कष्ट, गरिबीको सामना गर्नुपर्नेछ ।

जिम स्पेन्सरका अनुसार यो किताब भिन्न छ जुन वास्तवमा यो दुनियाँभन्दा बाहिरको कुरा गर्छ । यो किताब ५ जुलाईमा स्टेफोर्डशायरमा हेन्सन्स लाइब्रेरीको लिलामीमा बेचिने तयारीमा छ । यसको मूल्य करिब २५ सय डलर (३ लाख रुपैयाँ) ३७५० डलर (४ लाख ६५ हजार रुपैयाँ) हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल