२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा उडानसम्बन्धी जानकारी दिने डिस्प्लेमा अश्लील सामग्री प्रसारण भएपछि …

१४ जेष्ठ २०७९, शनिबार ०४:१३

जेठ १४, रियो दि जेनेरियो । ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा एयरपोर्टमा एउटा लाजमर्दो भिडियो सार्वजनिक भएको छ । यात्रुको सुविधाका लागि राखिएका इलेक्ट्रोनिक डिस्प्लेहरूमा विज्ञापन र उडानसम्बन्धी जानकारीको सट्टा अश्लील सामग्री प्रसारण भएको छ । ब्राजिलको एयरपोर्ट प्राधिकरण इन्फ्रारोले यस विषयमा संघीय प्रहरीलाई रिपोर्ट गरेको छ ।

सान्तोस डुमोन्ट एयरपोर्टमा अश्लील प्रदर्शनले धेरै यात्रुहरूलाई असहज बनाएको थियो । दृश्यका कारण धेरै मानिसहरू छक्क परेका थिए भने केहीले आफ्ना बच्चाहरूलाई वयस्क सामग्री हेर्नबाट जोगाउन व्यस्त थिए । घटनाबारे सामाजिक सञ्जालमा भाइरल भइरहेका केही भिडियो क्लिपमा मानिसहरु हाँसेको पनि देख्न सकिन्छ ।


विज्ञानपन कम्पनीको लापरबाहीले त्यस्ता घटना भएको विमानस्थल स्रोतले जनाएको छ । ह्याक गरिएका स्क्रिनहरूबारे विमानस्थल प्राधिकरणले अनुसन्धान गरेको छ । ‘हामी जोड दिन्छौं कि हाम्रो मिडिया स्क्रिनमा देखाइने सामग्री विज्ञापन अधिकार भएका कम्पनीहरूको जिम्मेवारी हो’, इन्फ्रारोले भनेको छ । 

सूचना सेवाहरू अर्को कम्पनीलाई आउटसोर्स गरिएको  विमानस्थल प्राधिकरणले एक विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल