१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब १५ वर्षीय किशोरले मुत्रनलीमा यूएसबी केबल हालेपछी …

२२ भाद्र २०७९, बुधबार १०:०८

भदौ २२, काठमाडौँ | एक १५ वर्षिय किशोरले मुत्रनलीमा यूएसबी केबल हाल्दा उनलाई डाक्टर कहाँ लैजानुपरेको र शल्यक्रिया गरेर उनको ज्यान जोगिएको छ।

बेलायती अनलाइन मिरर डट यूकेको रिपोर्टअनुसार केटाको लिंग भित्र यूएसबी केबल अड्कियो, त्यसपछि उनको शल्यक्रिया गर्नुपर्यो।

रिपोर्टमा बताईएअनुसार १५ वर्षीय केटाले कथित रूपमा यूएसबी केबलमार्फत आफ्नो गुप्तांग भित्रबाट नाप्ने प्रयास गरिरहेको थियो। यो अनौठो ‘सेक्‍सुअल एक्‍सप‍ेरिमेन्ट” मा युएसबी केबल केटाको लिंगमा अड्कियो र यसलाई निकाल्न असम्भव भयो।

तारमा गाँठो हुने र त्यसमा फसेका कारण युवकको पिसाबमा रगत आउन थाल्यो । अन्ततः उनको आमाले घटना थाहा पाएर उनलाई अस्पताल लगेकि थिईन्। त्यहाँ केटाले जानाजानी केबल हालेको स्वीकार गरेको बताइएको छ।


यो घटना कहिले भएको हो थाहा छैन, तर यो अनौठो घटना नोभेम्बर २०२१ मा युरोलोजी केस रिपोर्टमा रेकर्ड गरिएको थियो। डाक्टरहरूले साइन्स डाइरेक्ट रिपोर्टमा लेखेअनुसार यूएसबी केबलको दुईवटा डिस्टल पोर्टहरू बाहिरी मूत्रमार्ग मेटसबाट बाहिर निस्किएको पाइएको थियो, जबकि तारको बीच भाग मूत्रमार्ग भित्रै फसेको थियो।

उनीहरूको रिपोर्टमा, डाक्टरहरूले बिरामी मानसिक स्वास्थ्य विकारको इतिहास नभएको एक फिट र स्वस्थ केटा थियो भन्ने उल्लेख छ। केबुलभित्र गाँठो बनेकाले पिसाबमार्गमा अड्किएको केबुललाई धातुको रडको सहायताले हटाउन डाक्टरले सकेनन्। यस्तो अवस्थामा उनले ति किशोरको शल्यक्रिया गर्नुपर्यो।

सर्जिकल टोलीले केटाको गुप्तांग र गुदद्वारको बीचमा चीरा बनायो, जसले गर्दा उसको भित्र फसेको केबुलहरूमा पहुँच गर्न सकियोस्। शल्यक्रिया सफल भयो र तारको दुबै छेउलाई बाहिरी मूत्रमार्गबाट ​​सफलतापूर्वक बाहिर निकालियो।

ति किशोर पनि शल्यक्रिया पछि छिटो निको भएको बताईएको छ। केही दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भए।

समाचारकाअनुसार, किशोरको अनुगमन लामो समयसम्म जारी रहनेछ, किनभने पिसाब नलीमा कुनै बाहिरी वस्तु घुसाउँदा भविश्यमा पिसाब गर्दा पीडा हुन सक्छ, रगत आउन सक्छ, यति मात्र होइन, पीडादायी इरेक्शन पनि हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट