१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाको पेटबाट निकालियो ४५ किलोको ट्युमर, १४ डाक्टरले दुई घण्टा लगाए

२३ भाद्र २०७९, बिहीबार १२:०५

भदौ २३, काठमाडौँ | एक महिलाको पेटबाट चिकित्सकहरूले करिब ४५ किलो ओजनको ट्युमर निकालेका छन् । शल्यक्रियामा संलग्न डाक्टरहरू यति ठूलो ट्युमर देखेर छक्क परे । किनकि, उनीहरूले यसअघि यति ठूलो ट्युमर कुनै बिरामीमा देखेका थिएनन् ।


घटना ब्राजिलको रियो दि जेनेरियोस्थित साव जोस दु अभाइ (São José do Avai) अस्पतालको हो । न्युज एजेन्सी डेलीमेलका अनुसार सास फेर्न गाह्रो भएपछि ४५ वर्षीया महिलालाई अस्पताल भर्ना भएकी थिइन् । परीक्षणपछि डाक्टरले गत बुधबार सर्जरी थाले । र, महिलाको शरीरबाट १०० पाउण्ड ९४५ किलो ट्युमर बाहिर निकाले ।

समाचारमा जनाइएअनुसार, यो शल्यक्रिया पूरा गर्न १४ जना डाक्टरलाई पूरै २ घण्टा लागेको थियो । ट्युमर ४ फिट चौडा र ९ इन्च लामो थियो । अस्पतालका डा। ग्लोसियो बोचेटले फेसबुकमा ट्युमरका केही तस्वीर शेयर गरेका छन् । तस्वीर हेर्दा जोकोहीलाई अनौठो लाग्न सक्छ, यति ठूलो ट्युमर लिएर ती महिला पाँच वर्षदेखि कसरी बाँचिरहेकी थिइन् ।

डाक्टरहरू महिलाको स्वास्थ्य परीक्षणका केही रिपोर्ट पर्खिरहेका छन् । रिपोर्ट आएपछि महिलालाई क्यान्सर भएको वा नभएको थाहा हुने छ । महिला अहिले पनि अस्पतालमै छिन् । उनको हालत स्थिर छ । मेडिकल उपकरणको मद्दतबिना उनी सास लिन सक्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट