१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलको एक किशोरीले दुई फरक बुबाबाट एकैचोटी जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएपछी…..

२४ भाद्र २०७९, शुक्रबार ०८:३७

भदौ २४, काठमाडौँ | ब्राजिलको एक किशोरीले एउटै दिन दुई पुरुषसँग यौनसम्पर्क गरेपछि जुम्ल्याहा बच्चा जन्माएकी छन्। 

ब्राजिलको गोयासको मिनेरियोसकी एक किशोरीले बच्चाको पिता को हुन् भनेर पुष्टि गर्न पितृत्व परीक्षण गरिन् । परीक्षणबाट उनले आफ्ना बच्चाहरू दुई फरक पुरुषबाट भएको थाहा पाइन्।


उनको हेरचाह गरिरहेका टुलियो जर्ज फ्रान्को नामको डाक्टरले भने कि यस्तो केस अत्यन्तै दुर्लभ छ र यसलाई "लाखमा एक" अवस्थाको रूपमा वर्णन गरे। गुमनाम रहन चाहने महिलाले स्थानीय सञ्चारमाध्यमलाई बताइन् कि उनले एकै दिन दुई फरक पुरुषसँग यौनसम्पर्क गरे र दुवैबाट गर्भवती भएकी थिइन्।

यस्तो केस अत्यन्त दुर्लभ छ, यो असम्भव छैन। यो घटनालाई हेटेरोप्याटर्नल सुपरफेकन्डेसन (heteroparental superfecundation) भनिन्छ। “एउटै आमाबाट दुईवटा अण्डा फरक-फरक पुरुषले निषेचित गरेमा यो सम्भव हुन्छ। बच्चाहरूले आमाको आनुवंशिक सामग्री साझा गर्छन्, तर तिनीहरू विभिन्न प्लेसेन्टामा बढ्छन्, "महिलाका चिकित्सक डा तुलियो जर्ज फ्रान्कोले स्थानीय समाचार आउटलेट ग्लोबोलाई भने।

डाक्टरका अनुसार संसारमा मात्रै २० वटा यस्ता केस छन् । नेशनल लाइब्रेरी अफ मेडिसिनले बताउँछ कि यो केस तब हुन्छ जब एउटै महिनावारी चक्रमा निस्कने दोस्रो ओवालाई अलग-अलग यौन सम्पर्कमा फरक पुरुषको शुक्राणु कोशिकाहरूद्वारा निषेचित गरिन्छ।

बच्चाहरू अहिले १६ महिनाका भइसकेका छन् र आमाले एक बुबाले उनीहरूको हेरचाह गरिरहेको बताइन्। "उनी दुबैको हेरचाह गर्नुहुन्छ, मलाई धेरै मद्दत गर्नुहुन्छ, र उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग दिनुहुन्छ," आमाले भनिन्।

आमाले दुई जना मध्ये एक जनाले रजिस्ट्री अफिसमा आधिकारिक रुपमा दर्ता गरी दुवै बच्चाको हेरचाह गरिरहेको बताएकिछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट