२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

टन्न खाना खाएर पनि यी व्यक्तिले घटाए ३१ किलो तौल !

२८ भाद्र २०७९, मंगलवार ०८:५१

भदौ २८, काठमाडौँ |  'मोटोपना'  पछिल्लो समय मानिसहरूको सबैभन्दा चिन्ताको विषय बनेको छ । मोटोपनाबाट विरक्तिएर बसेका मानिसहरू यसलाई घटाउन कहिले जिम जाने त कहिले भोकभोकै बस्ने गरेका छन् । 

यसो गर्दा झनै मोटोपन बढेको गुनासो तथा दुःखेसो सुनिने गरेको छ । तर यहाँ, एकजना यस्तो व्यक्तिबारे चर्चा गरिएको छ, जसले टन्न खाएर पनि केही समयमै घटाए ३१ किलो तौल । 


झट्ट सुन्दा यो विश्वास नलाग्न सक्छ, तर इंग्ल्याण्डका एक व्यक्तिले टन्न खाना खाएर पनि आफ्नो तौल नियन्त्रणमा राख्न सफल भएका छन् । 

ती व्यक्तिको नाम जो थोम्पसन  हो, उनको उमेर ३५ वर्ष रहेको बताइएको छ । उनको तौल बढ्दै गएर १२४ किलोसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । खबरका अनुसार, तौल अत्याधिक बढेपछि उनलाई एन्जाइटी  समेत भएको थियो । 

त्यसपछि उनी एक फिटनेश ग्रुपमा पुगे, त्यसपछि भने उनले सहज हिसाबले तौल घटाउन सकेको एक अन्तर्वार्ताका क्रममा बताएको समाचारमा उल्लेख गरिएको छ । 

फिटनेस सेन्टरमा जोडिएपछि उनले डाइटिङ गर्नुपरेन । खान मन लागेका कुराहरू उनी निर्धक्क खान्थे । 

त्यसपछि उनले उनले त्यहाँ आफूमात्र मोटो नभएको र आफूजस्तै मोटो अरू पनि हुने गरेको महशुस गरे । त्यसपछि उनमा आत्मविश्वास बढ्दै गएको र चिन्ता पनि हटेको ती व्यक्तिले एक अन्तर्वार्ताका क्रममा भनेका छन् । उनले तौल कम गर्नका लागि जंक फूडहरू भने खान छाडे । खाना पकाउँदा तेलको सट्टा तेल स्प्रेको प्रयोग गरेको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता