२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

टन्न खाना खाएर पनि यी व्यक्तिले घटाए ३१ किलो तौल !

२०७९, २८ भाद्र मंगलवार ०८:५१

भदौ २८, काठमाडौँ |  'मोटोपना'  पछिल्लो समय मानिसहरूको सबैभन्दा चिन्ताको विषय बनेको छ । मोटोपनाबाट विरक्तिएर बसेका मानिसहरू यसलाई घटाउन कहिले जिम जाने त कहिले भोकभोकै बस्ने गरेका छन् । 

यसो गर्दा झनै मोटोपन बढेको गुनासो तथा दुःखेसो सुनिने गरेको छ । तर यहाँ, एकजना यस्तो व्यक्तिबारे चर्चा गरिएको छ, जसले टन्न खाएर पनि केही समयमै घटाए ३१ किलो तौल । 


झट्ट सुन्दा यो विश्वास नलाग्न सक्छ, तर इंग्ल्याण्डका एक व्यक्तिले टन्न खाना खाएर पनि आफ्नो तौल नियन्त्रणमा राख्न सफल भएका छन् । 

ती व्यक्तिको नाम जो थोम्पसन  हो, उनको उमेर ३५ वर्ष रहेको बताइएको छ । उनको तौल बढ्दै गएर १२४ किलोसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । खबरका अनुसार, तौल अत्याधिक बढेपछि उनलाई एन्जाइटी  समेत भएको थियो । 

त्यसपछि उनी एक फिटनेश ग्रुपमा पुगे, त्यसपछि भने उनले सहज हिसाबले तौल घटाउन सकेको एक अन्तर्वार्ताका क्रममा बताएको समाचारमा उल्लेख गरिएको छ । 

फिटनेस सेन्टरमा जोडिएपछि उनले डाइटिङ गर्नुपरेन । खान मन लागेका कुराहरू उनी निर्धक्क खान्थे । 

त्यसपछि उनले उनले त्यहाँ आफूमात्र मोटो नभएको र आफूजस्तै मोटो अरू पनि हुने गरेको महशुस गरे । त्यसपछि उनमा आत्मविश्वास बढ्दै गएको र चिन्ता पनि हटेको ती व्यक्तिले एक अन्तर्वार्ताका क्रममा भनेका छन् । उनले तौल कम गर्नका लागि जंक फूडहरू भने खान छाडे । खाना पकाउँदा तेलको सट्टा तेल स्प्रेको प्रयोग गरेको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन