२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

आत्महत्या गर्न ५५ वटा ब्याट्री निलेपछि…

२०७९, १० आश्विन सोमबार ०९:०९

असोज १०, काठमाडौं | एजेन्सी | आयरल्याण्डको डब्लिनमा एक दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँ उपचारका लागि अस्पताल पुगेकी एक महिलाको पेटभित्र दर्जनौँ ब्याट्रीहरु भेटिएका छन् ।

डब्लिनको सेन्ट भिन्सेन्ट विश्वविद्यालय अस्पतालका अनुसार ६६ वर्षकी ती महिलाको पेटमा ५५ वटा ब्याट्री फेला परेका हुन् । अस्पतालमा एक्सरे पश्चात् उनको पेटभित्र ब्याट्री भएको पुष्टि भएको थियो ।

आयरिस मेडिकल जर्नलमा गत सेप्टेम्बर ५ मा प्रकाशित समाचार अनुसार ती महिलाले आत्महत्या गर्ने सोँचका साथ जानीजानी त्यतिधेरै ब्याट्री निलेकी थिइन् ।


पेटभित्र त्यतिधेरै ब्याट्री हुँदापनि उनको पाचनतन्त्रको नलीमा कुनै रोकावट नभएको र डाक्टरहरुले पारम्परिक शल्यक्रिया विधिबाटै उनको पेटबाट ती ब्याट्रीहरु बाहिर निकाल्न सफल भएको जर्नलमा उल्लेख छ ।

एक्सरेबाट पेटभित्र ब्याट्री भएको पत्ता लागेसँगै डाक्टरहरुले ती ब्याट्री दिसासँगै बाहिर निस्कने अपेक्षा गरेका थिए । तर एक हप्ताभित्रमा केवल ५ वटा ब्याट्रीमात्रै बाहिर आए । पुनः एक्सरे गर्ने क्रममा बाँकी ब्याट्रीहरु पेटभित्र फसेको र अगाडि बढ्न नसकेको पुष्टि भयो । महिलाको पेटमा दुखाई पनि बढ्दै गएको थियो ।

त्यसपछि डाक्टरहरुले ल्याप्रोटोमी विधिको प्रयोग गरे । जसमा पेटमा एउटा सानो भागमा चिरेर हात भित्र लगिन्छ । ब्याट्रीको वजनका कारण महिलाको आन्द्रा तलतर्फ झर्दै गएको तथ्य डाक्टरहरुले पत्ता लगाए । त्यसैले शल्यक्रिया गर्नुको विकल्प रहेन । पेटमा बनाइएको सानो प्वालबाटै उनीहरुले ती महिलाको पेटमा अड्किएका ४६ वटा ब्याट्रीहरु एक एक गरी हातले बाहिर निकाले ।

उनको पेटमा AA तथा AAA ब्याट्रीहरु थिए । अर्थात् घडीमा लगाउने ब्ब् तथा रिमोटमा लगाउने ब्ब्ब् ब्याट्रीहरु उनले निलेकी रहेछिन् । ती मध्ये चारवटा ब्याट्रीहरु मलासयमै गएर अड्किएका रहेछन्, जसलाई पछि निकालिएको थियो ।

ती महिलालाई शल्यक्रिया पश्चात् घर पठाइसकिएको छ । मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार कुनैपनि बिरामीको पेटमा यतिधेरै ब्याट्री भेटिएको यो पहिलो घटना हो ।

यसअघि बालबालिकाहरुले ब्याट्री निलेका घटनाहरु सार्वजनिक हुने गर्दथे । तर आयरल्याण्डको यो घटनामा वृद्ध महिलाले नै करीब ५ दर्जन ब्याट्री निलेको पाइएको छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन