२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

हजुरआमाको गर्भमा नातिनी !

२०७९, १० आश्विन सोमबार ११:३०

असोज १०, काठमाडौँ । तपाईले विभिन्न खालका अनौठो घटनाहरु देख्नु तथा सुन्नुभएको होला । कहिलेकाहीँ आमा र छोरी एकसाथ गर्भवती र एकसाथ सुत्केरी भएका समाचार सुनिन्छन् ।

त्यस्तै कहिलेकाहीँ सासु र बुहारीले एकैचोटी बच्चा जन्माएर दुई पुस्तालाई एकसाथ धर्तीमा ल्याएका घटना पनि भएकै हुन्छन् । तर तपाईले सायद कुनै आमाले आफ्नो छोराको बच्चालाई गर्भमा राखेर जन्माइदिन लागेको घटना चाहीँ सुन्नुभएको थिएन होला ।


कल्पना गर्नपनि गाह्रो यो यथार्थ घटना हो । जहाँ एकजना ५६ वर्षीया महिला आफ्नै छोराको बच्चाको आमा बन्दैछिन् । उनको गर्भमा आफ्नै नातिनीको भ्रुण हुर्किरहेको छ ।

पछिल्ला दिनमा न्यान्सी हक नामकी महिला सोसल मिडियामा निकै चर्चित छिन् । न्यान्सीले जुन छोरालाई जन्मएर पालनपोषण गरी हुर्काइन् अहिले त्यहीँ छोराको बच्चाको आमा बन्दैछिन् ।

५६ वर्षकी न्यान्सीले आफ्नो छोराको बच्चालाई आफ्नो गर्भमा पालिरहेकी छिन् । आगामी नोभेम्बरमा उनले आफ्नी नातिनी जन्माउँदैछिन् । उनी आफुले जन्माउने बच्चाकी आमा र हजुरआमा दुवै हुन् ।

डेलीस्टारमा छापिएको समाचार अनुसार अमेरिकाको उटामा बस्ने न्यान्सीको गर्भमा उनका ३२ वर्षका छोरा जेफ र ३० वर्षकी बुहारी क्याम्ब्रियाको बच्चा हुर्किरहेको छ । उनी आफ्नै छोरा तथा बुहारीका लागि एक सरोगेट आमा बन्दैछिन् । नोभेम्बरमा उनको घरमा थप एक सदस्यको आगमन हुँदैछ । न्यान्सीले छिटै नै आफ्नी नातिनी जन्माउँदैछिन् ।

डाक्टरहरुका अनुसार ५६ वर्षकी न्यान्सीको स्वास्थ्य पूर्णरुपमा ठीक छ । नोभेम्बरमा जन्मिने शिशु उनकी पहिलो नातिनी होइनन् । त्यसअघि पनि उनका चारजना नाति नातिनी छन् । ती जुम्ल्याहा हुन् । ती सबैलाई उनकी बुहारी क्याम्ब्रियाले नै जन्माएकी हुन् ।

दुईपटक जुम्ल्याहा जन्माउँदा क्याम्ब्रियाको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको थियो र उनले थप बच्चा जन्माउने अवस्था रहेन । तर यो दम्पत्तिको अझै सन्तान जन्माउने चाहना मरेन ।

त्यसैले परिवार बढाउने जिम्मेवारी अब क्याम्ब्रियाकी सासु न्यान्सीले लिएकी छिन् र छोरा बुहारीको बच्चाको लागि आफ्नो कोख भाडामा दिएकी छिन् । अनौठो त के भने न्यान्सीकै लागि यो बच्चा छैटौँ बच्चा हुनेछ । यसअघि उनले पाँचौँ बच्चा जन्माइसकेकी छिन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन