१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शव वाहनमा आइन् दुलही, शवहरुको बीचमा गरिन् विवाह !

२० कार्तिक २०७९, आईतवार ०८:३५

कात्तिक २०, काठमाडौँ | एक जोडीले विवाहका लागि यस्तो स्थल छानेका छन् जसले धेरैलाई अचम्मित बनाएको छ । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि पुग्ने गर्छन् । यो जोडीले फ्युनरल होम (समाधि स्थल) मा नै विवाह गरे ।

मिरर डट को डट युकेका अनुसार याे घटना अमेरिकाको हो । क्यालिफोर्नियाको रिडलीमा बस्ने २७ वर्षकी नोर्मा निनोले २९ वर्षका एक्सेलसँग विवाह गरेकी छिन् । विवाहका लागि नोर्मा शववाहनमा पुगेकी थिइन् । उनीहरुले कफिनले घेरिएको स्थानमा विवाह गरेका हुन् ।

A hearse

साधारणतया अमेरिकामा विवाहका लागि दुलहीले सेतो गाउन लगाउने गर्छन् र अन्तिम संस्कारमा भाग लिन कालो पहिरन लगाउने गर्छन् । तर यो अचम्मको विवाहका लागि नोर्माले कालो लुगा लगाएकी थिइन् । तर विवाहमा सरिक धेरैजसो मानिसले यो अचम्मको वेडिङ थिममा हैरानी जताए । तर कफिन बनाउने काम गर्ने नोर्माले आफ्नो विवाहलाई ‘परफेक्ट’ बताइन् ।

Norma and Axel Nino

नोर्माले भनिन्, ‘मलाई समाधि स्थलमा नै विवाह गर्नुथियो । यो शहरको पहिलो यस्तो समाधि स्थल हो जसलाई महिलाले चलाउँछन् । यो मेरो जीवनको महत्वपूर्ण हिस्सा हो किनभने मैले यहाँ वर्षौँसम्म काम गरेकी छु । हेलोविन–थिम वेडिङ मेरा लागि परफेक्ट छ किनभने मलाई हेलोविन निकै मनपर्छ ।’

नोर्माले थपिन्, ‘मेरो परिवार अन्धविश्वासी छ , त्यसैले सुरुमा उनीहरु यस्तो विवाहका लागि डराएका थिए । तर विवाहको दिन सबै मानिसहरुले मलाई भने कि मेरो विवाहकै कारण उनीहरुले एक भिन्न तरिकाको विवाह अनुभव गर्न पाए ।’

Norma and Axle Nino

खास कुरा यो पनि हो कि विवाहका लागि नोर्माले सबै पाहुनालाई १९३० को दशकको स्टाइलमा कस्ट्युम लगाएर आउन भनेकी थिइन् ।

नोर्मा र एक्सेलको अगस्ट २०१८ मा पहिलो पटक टिन्डरमा भेटेका थिए । दुई वर्षको डेटिङपछि एक्सेलले नोर्मालाई प्रस्ताव गरे । त्यसपछि यी दुईले अक्टोर २०२२ मा विवाह गरे ।

सुरुमा यो जोडीले योजमाइट नेशनल पार्कमा विवाह गर्ने योजना बनाएका थिए । तर नार्मासँग अर्को योजना पनि थियो । उनले भनिन्, ‘सुरुमा एक्सेल भेन्यूका लागि पक्का थिएनन् । तर विवाहको केही महिना अघि मात्रै उनी समाधि स्थलमा विवाहका लागि तयार भए । तर विवाहका दिन एक्सेलले भने, ‘हामीले सही निर्णय लियौँ ।’’

Norma and Axel Nino on their wedding day

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन