१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह गर्ने तयारी भइरहँदा ५ जना पूर्व प्रेमीहरूको खोजीमा निस्किइन् यी महिला, के हो कारण ?

२२ कार्तिक २०७९, मंगलवार ०८:०२

एजेन्सी । विवाह गर्ने तयारी भइरहेको बेला एक महिला ५ जना पूर्व प्रेमीको खोजीमा निस्किएको खबर सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनमा प्रकाशित रिपोर्टअनुसार ३३ वर्षीया एमी निकेल अर्कैसँग विवाह हुनलाग्दा पनि पूर्व प्रेमीको खोजीमा निस्किएकी हुन् ।


पूर्व प्रेमीहरूसँगको सम्बन्धमा रहेको कमी र प्रेम सम्बन्ध टुट्नुको कारण थाहा पाउन एमीले पूर्व प्रेमीहरूलाई भेटेकी हुन् । ‘मेरो वैवाहिक सम्बन्ध दीगो होस् भनेर मैले पूर्व प्रेमीहरूलाई भेटेकी हुँ । म आफूमा भएको कमी जान्न चाहन्छु,’ उनले भनिन्, ‘यसरी मेरो विवाह सफल हुने सम्भावना बढी हुन्छ ।’ एमीले पूर्व प्रेमीहरूलाई एक्लाएक्लै भेटेकी हुन् ।

उनी १६ वर्षकी हुँदा पहिलो प्रेम सम्बन्धमा परेकी थिइन् । जुन सम्बन्ध ८ महिनापछि टुटेको थियो । त्यसपछि पनि उनले ४ जनासँग प्रेम सम्बन्ध गाँसिन् तर सफल हुन सकिनन् । त्यसैले उनी आफ्नो सम्बन्धमा रहने गरेको कमी पहिचान गर्ने प्रयासमा लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन