१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै महंगो औषधि, जसको एक डोजको मूल्य नै ५० करोड रुपैयाँ

१४ मंसिर २०७९, बुधबार १०:३६

मङ्सिर १४, काठमाडौँ | एजेन्सी | अमेरिकाको संघीय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृति दिएको छ ।

यो औषधि यतिधेरै महंगो छ कि यसको एक खुराक मात्रलाई ३५ लाख अमेरिकी डलर वा झण्डै ५० करोड रुपैयाँ पर्छ । यो औषधि एउटा निकै दुर्लभ जेनेटिक रोग हेमोफिलिया बीको उपचारमा प्रयोग गरिन्छ । हेमोफिलिया यस्तो वंशाणुगत रोग हो जसका कारण मानिसको शरीरमा चोटपटक लाग्दा घाउबाट रगत बग्न रोकिंदैन ।वैज्ञानिकहरुका अनुसार यो औषधिले जुन प्रकारबाट उपचार गरिन्छ, त्यसको आधारमा यसको मूल्य उपयुक्त छ । यो औषधिको विकासमा धेरै मेहेनत र खर्च भएको बताइन्छ । संसारकै सबैभन्दा महंगो यो औषधिको नाम हेमजेनिक्स हो ।


तथ्यांक अनुसार विश्वमा महिलाको तुलनामा पुरुषहरु हेमोफिलिया बीबाट पीडित छन् । अमेरिकामा पनि करिब आठ हजार पुरुष यो रोगसँग संघर्ष गरिरहेका छन् । यो रोगको उपचारमा युरोप र अमेरिकामा सरकारले प्रतिव्यक्ति करोडौं खर्च गर्नु परिरहेको छ ।  हेमजेनिक्स औषधिको एक डोज दिएपछि यो रोग निको हुन्छ । त्यसैले एक खुराक मात्रैको झण्डै आधा अर्ब पर्ने भए पनि हेमोफिलिया बीको उपचारमा विद्यमान पद्धतिभन्दा यो औषधिमा लाग्ने खर्च सस्तो पर्ने बताइन्छ ।

हेमजेनिक्स औषधि बिरामीमा सुइबाट दिनुपर्छ । यो एक भाइरसमा आधारित भेक्टर हो । यसले कलेजोका टार्गेट कोषिकामा विशेष रुपमा संरक्षित डीएनए पठाउँछ । त्यसपछि औषधिको माध्यमबाट पठाइएको जेनेटिक सूचनालाई कोषिकाहरुले प्रसार गर्दै त्यसलाई रगत जमाउने प्रोटिनसम्म पुर्‍याउँछन् । जसका कारण क्लटिङ प्रोटिनले राम्रोसँग काम गर्छ र काटेको ठाउँबाट समयमै रगत बग्नबाट रोकिन्छ । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह