२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

बिहान सबेरै भाले बासेर ‘डिस्टर्ब’ गरेपछि छिमेकी विरुद्ध प्रहरीमा उजुरी

२०७९, २३ मंसिर शुक्रबार ०७:२५

मङ्सिर २३, काठमाडौँ । बिहान सबेरै कुखुराको भाले जब बास्न थाल्छ तब उठ्ने समय हुन्छ । तर सबैलाई कुखुरी काँ……को आवाजसँगै उठ्ने मौका मिल्दैन । कतिपयलाई कुखुराको आवाज नै मन नपर्न पनि सक्छ ।

छिमेकी मुलुक भारतमा कुखुराकै कारण प्रहरीमा उजुरी नै परेको छ । मध्यप्रदेशमा एक जना व्यक्तिले छिमेकीको कुखुरा जोडदार रुपमा बास्दा होहल्ला भएर आफूलाई दिक्क भएको भन्दै प्रहरीलाई गुहारेका छन् ।


पेसाले चिकित्सक रहेका ती व्यक्ति छिमेकीको कुखुराको आवाजले निकै बेखुसी थिए । त्यसैले उनले छिमेकीको कुखुराको आवाज बन्द गराउन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । अनौठो निवेदन प्राप्त भएपछि प्रहरीले दुवै पक्षसँग छलफल गरेर समस्या सुल्झाउने बताएको छ । यदि त्यसो गर्दा पनि समस्या समाधान नभएमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।

स्थानीय पलासिया प्रहरी चौकी प्रमुखका अनुसार छिमेकीको कुखुरा विरुद्ध उजुरी दिने चिकित्सकको नाम आलोक मोदी हो । उनी पलासिया क्षेत्रको ग्रेटर कैलाश अस्पताल नजिकै बस्छन् । उनको निवेदन अनुसार छिमेकी एक महिलाले घरमा धेरै कुखुरा पालेकी छन् । हरेक बिहान उनको घरका कुखुराहरु चर्को आवाजमा चिच्याउने र त्यो आवाजले आफूलाई धेरै नै बाधा पारेको उनको जिकिर छ ।

कामको व्यस्तताले रात अबेर घर आउने र बिहान निद्रामै रहेको बेला कुखुराको चर्को आवाजले समस्यामा पार्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन