२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

चिट्ठामा जितेको रकम श्रीमतीसँग लुकाएपछि अदालतले दियो क्षतिपूर्तिको आदेश

२०७९, ७ फाल्गुन आईतवार १२:०९

फागुन ७, काठमाडौँ । चिट्ठा जितेको कुरा श्रीमतीबाट लुकाएपछि चीनका एक व्यक्तिलाई अदालतले क्षतिपूर्ति दिन आदेश दिएको छ । झाउ थर भएका व्यक्तिले चिट्ठामा १० मिलियन युआन (१.५ मिलियन डलर अर्थात् करिब २० करोड रुपैयाँ) जितेका थिए । 

अडिटी सेन्ट्रलका अनुसार सन् २०२१ मा ती व्यक्तिले चिट्ठा जितेका हुन् । कर स्वरूप निश्चित रकम तिरेपछि उनलाई १.२३ मिलियन डलर (करिब साढे १६ करोड रुपैयाँ) रकम प्रदान गरिएको थियो । यो उनको र उनको परिवारकै जीवन परिवर्तन गरिदिने खालको धनराशि थियो । तर उनले यो खुसीको खबर श्रीमतीलाई सुनाएनन् । केही नभएको जस्तो अभिनय गरिरहे । चिट्ठाको रकम उनको बैङ्क खातामा ट्रान्सफर हुने दिन झाउले आफ्नी बहिनीको बैङ्क खातामा २ मिलियन र पूर्व श्रीमतीलाई अपार्टमेन्ट खरिद गर्नका लागि ७ लाख युआन ट्रान्सफर गरिदिए । उनले श्रीमतीलाई आफूले चिट्ठा जितेको कुरा दुई वर्षसम्म लुकाइरहे ।


झाउकी श्रीमतीले यसबारे कसरी थाहा पाइन् भनेर केही जानकारी नदिए पनि यसबारे उनलाई थाहा हुने बित्तिकै उनले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । यस्तै, चिट्ठाको रकम आफूलाई नदिएको भन्दै उनीमाथि मुद्दा पनि हालिन् । झाउले चिट्ठा जित्दा यी दुई विवाहित भएको हुनाले उक्त पैसा उनीहरूको साझा सम्पत्ति थियो तर श्रीमतीबाट यो कुरा लुकाउन उनले धेरै प्रयास गरे । वास्तवमा उनले २.७ मिलियन युआनको दुई तिहाइ माग गरेकी थिइन् जुन उनले आफ्नी बहिनी र पूर्व श्रीमतीलाई उनको सहमति बिना पठाएका थिए ।

फेब्रुअरी १ मा वेन्झाउ अदालतले झाउलाई चिट्ठामा जितेको रकमको ६० प्रतिशत महिलालाई दिन आदेश दियो । कुनै पनि पक्षले यस निर्णयको विरुद्धमा अपिल गरेनन् ।

यो कथा चिनियाँ सोसल मिडियामा भाइरल भयो । यसमा धेरैजसो मानिसले श्रीमतीलाई साझा सम्पत्ति बारे लामो समयसम्म नभनेको भन्दै झाउको व्यापक आलोचना गरे ।

तर अचम्मको कुरा, यो घटना नयाँ भने होइन । नोभेम्बरमा मात्रै साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित भएको थियो । उक्त समाचार पनि यस्तै प्रकृतिको थियो जसमा एक व्यक्तिले श्रीमती घमन्डी नहोस् भन्दै चिट्ठामा जितेको ४ अर्ब रुपैयाँ गोप्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन