३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

चिट्ठामा जितेको रकम श्रीमतीसँग लुकाएपछि अदालतले दियो क्षतिपूर्तिको आदेश

७ फाल्गुन २०७९, आईतवार १२:०९

फागुन ७, काठमाडौँ । चिट्ठा जितेको कुरा श्रीमतीबाट लुकाएपछि चीनका एक व्यक्तिलाई अदालतले क्षतिपूर्ति दिन आदेश दिएको छ । झाउ थर भएका व्यक्तिले चिट्ठामा १० मिलियन युआन (१.५ मिलियन डलर अर्थात् करिब २० करोड रुपैयाँ) जितेका थिए । 

अडिटी सेन्ट्रलका अनुसार सन् २०२१ मा ती व्यक्तिले चिट्ठा जितेका हुन् । कर स्वरूप निश्चित रकम तिरेपछि उनलाई १.२३ मिलियन डलर (करिब साढे १६ करोड रुपैयाँ) रकम प्रदान गरिएको थियो । यो उनको र उनको परिवारकै जीवन परिवर्तन गरिदिने खालको धनराशि थियो । तर उनले यो खुसीको खबर श्रीमतीलाई सुनाएनन् । केही नभएको जस्तो अभिनय गरिरहे । चिट्ठाको रकम उनको बैङ्क खातामा ट्रान्सफर हुने दिन झाउले आफ्नी बहिनीको बैङ्क खातामा २ मिलियन र पूर्व श्रीमतीलाई अपार्टमेन्ट खरिद गर्नका लागि ७ लाख युआन ट्रान्सफर गरिदिए । उनले श्रीमतीलाई आफूले चिट्ठा जितेको कुरा दुई वर्षसम्म लुकाइरहे ।


झाउकी श्रीमतीले यसबारे कसरी थाहा पाइन् भनेर केही जानकारी नदिए पनि यसबारे उनलाई थाहा हुने बित्तिकै उनले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । यस्तै, चिट्ठाको रकम आफूलाई नदिएको भन्दै उनीमाथि मुद्दा पनि हालिन् । झाउले चिट्ठा जित्दा यी दुई विवाहित भएको हुनाले उक्त पैसा उनीहरूको साझा सम्पत्ति थियो तर श्रीमतीबाट यो कुरा लुकाउन उनले धेरै प्रयास गरे । वास्तवमा उनले २.७ मिलियन युआनको दुई तिहाइ माग गरेकी थिइन् जुन उनले आफ्नी बहिनी र पूर्व श्रीमतीलाई उनको सहमति बिना पठाएका थिए ।

फेब्रुअरी १ मा वेन्झाउ अदालतले झाउलाई चिट्ठामा जितेको रकमको ६० प्रतिशत महिलालाई दिन आदेश दियो । कुनै पनि पक्षले यस निर्णयको विरुद्धमा अपिल गरेनन् ।

यो कथा चिनियाँ सोसल मिडियामा भाइरल भयो । यसमा धेरैजसो मानिसले श्रीमतीलाई साझा सम्पत्ति बारे लामो समयसम्म नभनेको भन्दै झाउको व्यापक आलोचना गरे ।

तर अचम्मको कुरा, यो घटना नयाँ भने होइन । नोभेम्बरमा मात्रै साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित भएको थियो । उक्त समाचार पनि यस्तै प्रकृतिको थियो जसमा एक व्यक्तिले श्रीमती घमन्डी नहोस् भन्दै चिट्ठामा जितेको ४ अर्ब रुपैयाँ गोप्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन