२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

परीक्षा हलमा छात्राहरु मात्रै देखेर आत्तिएर एक किशोर बेहोस भई ढलेपछि…

१२ फाल्गुन २०७९, शुक्रबार १०:५९

फागुन १२, काठमाडौँ | भारतका १७ वर्षका एक किशोर अघिल्लो महिना परीक्षा दिन गएका थिए तर उनले परीक्षा भने दिन पाएनन् । 

 खासमा भएको के थियो भने, मनिष शङ्कर प्रसाद, बिहार सरिफस्थित अलामा इकबाल कलेजका विद्यार्थी, गणितको परीक्षा दिन सुन्दर गढ गएका थिए । तर परीक्षा हलमा पसेपछि उनले जे दृश्य देखे त्यसले उनको नौ नारी खिच्यो । पूरा हल भरी केटी मात्रै त्यो पनि लगभग ५०० जना । उनको टाउको घुम्यो, बेहोसै भएर ढले ।


परीक्षा केन्द्रमा उनी मात्रै पुरुष विद्यार्थी भएको उनका आफन्तले दाबी गरेका छन् । धेरै संख्यामा छात्राहरु देखेपछि उनी आत्तिएर भुइँमा ढले।

‘परीक्षा केन्द्रमा ५०० जना केटीहरू थिए । यो देखेर उनी असहज भए र उनलाई ज्वरो नै आयो,’ प्रसादकी काकीले एएनआई समाचार एजेन्सीसँगको कुराकानीमा भनिन् । बेहास भएपछि उनलाई उपचारका लागि नजिकैको स्थानीय अस्पताल लगियो ।

मनिषका बुवा सच्चिदानन्दले पछि इन्डिया टिभीसँगको कुराकानीमा आफ्नो छोरोको बेहोस भएको थुप्रै घण्टापछि मात्रै होस आएको बताए । उनले भने, ‘केटीहरूले भरिएको कोठामा एक्लो केटा भएको अनुभवले उनलाई यति धेरै स्तब्ध बनाएको थियो कि के कारणले बेहोस भयौ भनेर सोध्दासमेत उनले बोल्न सकेनन् ।’

तर केटीले भरिएको परीक्षा हलमा उनी मात्रै एक्लो केटा कसरी पुगे भनेर अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । यद्यपि, अधिकारीले परीक्षाको फारममा गल्तीवश लिङ्गको ठाउँमा ‘महिला’ भनेर लेखे कि भनेर अनुमान गरेका छन् । 

मनिष शङ्कर प्रसाद गाइनोफोबियाद्वारा ग्रसित हुन् कि भनेर पनि अनुमान गरिएको छ । यो अवस्थाबाट ग्रसित व्यक्ति महिला देखेर तर्सिन्छन् । अथवा उनी असाध्यै लजालु स्वभावका व्यक्ति पनि हुन सक्छन् । घटनापछि उनलाई निको हुन केही समय भने पक्कै लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता