२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

सिलिन्डर कहिल्यै नगुडाउनोस् : यी हुन् ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

२०७९, ९ चैत्र बिहीबार ०६:१६

चैत ७ काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको गन्धले ग्यास ‘लिक’ भएको संकेत दिन्छ ।

ग्यासको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास स्टोभ सिलिन्डरभन्दा सधैँ अग्लो ठाउँमा राख्नुपर्ने नेपाल ग्यासले जनाएको छ ।

१.५ मिटरभन्दा लामो ग्यास रबर पाइप प्रयोग गर्न नहुने, ग्यास पाइप, अरू जोर्नी र भल्बहरूमा लिक छ/छैन समय–समयमा साबुनपानीले जाँच गर्नुपर्नेमा नेपाल ग्यासले जोड दिएको छ ।


नेपाल ग्यासका अनुसार सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गर्नुपर्छ । सुताएर, घोप्टाएर वा ढल्काएर कहिल्यै प्रयोग गर्नु हुँदैन । त्यसरी प्रयोग गरे रेगुलेटर बिग्रने र ग्यास लिक हुने सम्भावना हुन्छ ।

सिलिन्डर ल्याउँदा र लैजाँदा कहिल्यै गुडाउन र फाल्न हुँदैन । त्यसो गर्दा दुर्घटना हुने सम्भावना हुने नेपाल ग्यासले जनाएको छ ।

ग्यास प्रयोग गर्दा यी कुरामा ध्यान दिनोस्–

– ग्यास प्रयोग गर्नुभन्दा अगाडि भान्साको झ्याल र ढोका सधैँ खुला राख्नुहोस् ।

– ग्यास स्टोभ सिलिन्डरभन्दा अग्लो ठाउँमा राख्नुहोस् ।

– १.५ मिटरभन्दा लामो ग्यास रबर पाइप प्रयोग नगर्नुहोस् । ग्यास पाइप, अरू जोर्नी र भल्बहरूमा लिक छ/छैन समय–समयमा साबुनपानीले जाँच गर्नुहोस् ।

– सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गर्नुहोस् । सुताएर, घोप्टाएर वा ढल्काएर कहिल्यै प्रयोग नगर्नुहोस् ।

– सिलिन्डर ल्याउँदा र लैजाँदा कहिल्यै नगुडाउनुहोस् र नफाल्नुहोस्, यसबाट दुर्घटना हुने सम्भावना हुन्छ ।

– अटोमेटिक ग्यास उपकरणबाहेक अरू स्टोभ बाल्नुभन्दा पहिले ग्यास लाइटर वा सलाई ठिक पारेर राख्नुहोस् ।

– तापको स्रोत कहिल्यै सिलिन्डरको नजिकै नराख्नुहोस् । जस्तै : हिटर, मट्टीतेलको स्टोभ आदि ।

– बलिरहेको ग्यास स्टोभ छाडेर कतै नजानुहोस् ।

– काम सकिएपछि पहिले रेगुलेटर र पछि चुलोको नब बन्द गर्नुहोस् (Clock wise direction)।

– बालबालिकालाई जथाभावी ग्यास चुलो चलाउन नदिनुहोस् ।

– उपकरण बिग्रिएमा आफैँ कहिल्यै नबनउनुहोस् र नचलाउनुहोस् । यसका लागि कम्पनीमा सम्पर्क गर्नुहोस् ।

– भान्सामा काम गर्दा रेसमी, ऊनी, नाइलन, टेरीकटन, टेरीलिन आदिबाट बनेका लुगा प्रयोग नगर्नुहोस् । सधैँ सुती कपडा मात्र प्रयोग गर्नुहोस् ।

– ग्यास चुलोभन्दा माथि रहेका र्‍याक, सेल्फ आदिबाट सामान झिक्दा सावाधान भएर झिक्नुहोस् ।

– ग्यास चुलो झ्यालनजिक छ भने उक्त झ्यालमा लामो झोलिने पर्दा प्रयोग नगर्नुहोस् ।

– सधैँ उच्च गुणस्तरको प्रमाणित रबर ट्युब, रेगुलेटर एवं अरू उपकरण प्रयोग गर्नुहोस् । यसका लागि आईएसआई अथावा एनएस गुणस्तर चिह्न भए/नभएको यकिन गरेर मात्र खरिद गर्नुहोस् ।

– सिलिन्डरमा रेगुलेटर फिट गर्नुभन्दा पहिले भल्बभित्रको रबर वासर (Jointing Seal) अनिवार्य रूपमा जाँच गर्नुहोस् ।

– आगोको स्रोतहरू बन्द भएको निश्चित भइसकेपछि मात्र सिलिन्डर फेर्नुहोस् ।

(नेपाल ग्यासद्वारा जारी सेफ्टी टिप्स ।)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला