२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

के तपाईं पनि गर्भ निरोधक चक्की बढी प्रयोग गर्नुहुन्छ ? सावधान, साइड इफेक्ट पनि जान्नुहोस्

३२ जेष्ठ २०८०, बिहीबार ०८:२८

काठमाडौँ | आधुनिक समाज आत्मनिर्भर छ । चाहे पुरुष होस् या महिला, उनीहरू आफ्नो व्यक्तिगत जीवन आफ्नै हिसाबले चलाउन चाहन्छन् । बच्चाको आवश्यकता महसुस भएपछि मात्रै  बच्चा जन्माउँछन् । आधुनिक विज्ञानले उनीहरूलाई यस्तो सुविधा दिएको छ । विज्ञानको यस युगमा गर्भ निरोधका धेरै उपायहरू उपलब्ध छन्, जसका कारण महिलाहरूले आफ्नो गर्भ रोक्न सक्छन् । यो विशेष गरी कामकाजी महिलाका लागि आवश्यक हुन्छ । एनसीबीआईका अनुसार अमेरिकामा प्रजनन उमेरका २५ प्रतिशत महिलाले आफ्नै इच्छाले गर्भ निरोधक चक्की प्रयोग गर्छन् ।


हाल बजारमा तीन प्रकारका गर्भ निरोधक चक्की उपलब्ध छन् । एउटा एस्ट्रोजेन र प्रोजेस्टेरोनको संयुक्त रूप हो । दोस्रो प्रोजेस्टेरोन मात्र हो र तेस्रो एक्स्टेन्डेट पिल हो । तीन वटा कै काम गर्भ रोक्नु हो तर तरिका भिन्न भिन्न छ । तर के यी चक्की पूर्ण रूपमा सुरक्षित छन् ? के यसका कुनै साइड इफेक्ट छैनन् त ?

औषधीले कसरी असर गर्छ ?

एनसीबीआईका अनुसार ती तीन प्रकारका चक्कीहरूले महिलाको शरीरमा गर्भधारणका लागि जिम्मेवार हर्मोनलाई नियन्त्रण गर्छ । यी चक्कीहरूले अण्डा बनाउने प्रक्रियालाई रोक्छ । यसको मतलब शुक्रकीट र अण्डाको मिलन हुँदैन, जसले गर्दा गर्भ रहँदैन । वास्तवमा, गर्भ निरोधक चक्कीको साइड इफेक्ट जान्नु अघि, यो चक्कीले कसरी काम गर्छ भनेर जान्न महत्त्वपूर्ण छ । महिलाको शरीरमा अण्डा बन्नुभन्दा अघि विभिन्न खालका चिजको निर्माण हुन्छ जुन काम थुप्रै हर्मोनले गर्ने गर्छ । प्रोजेस्ट्रोनको चक्की खाएपछि यसले गोनेडोट्रोपिन रिलिजिङ हर्मोनलाई कम गर्छ जसका कारण फोलिकल्स स्टिमुलेटिङ हर्मोन बन्दैन । यसबाहेक अण्डा बनाउनका लागि अर्को एउटा हर्मोन एलएच पनि बन्दैन । अर्थात्, औषधी खाएपछि शरीरमा विभिन्न खालका हर्मोन बन्न बन्द हुन्छ । अर्थात्, महिलाको शरीरमा जुन प्राकृतिक प्रक्रिया भइरहेको छ, त्यसलाई रोक्ने गरिन्छ । जब प्राकृतिक प्रक्रियालाई रोकिन्छ तब यसको साइड इफेक्ट हुनु स्वाभाविक हो ।

चक्कीका के छन् साइड इफेक्ट

१. महिनावारीको बीचमा रक्तस्राव

मेडिकल न्युज टुडेका अनुसार गर्भ निरोधक औषधीको सबैभन्दा ठुलो साइड इफेक्ट भनेको महिनावारीको बीचमा पनि रक्तस्राव हुन्छ । यद्यपि, यति बेला महिनावारीका बेलामा हुनेजस्तो रक्तस्राव हुँदैन तर हल्का वा खैरो रक्तस्राव भने भइरहन्छ ।

२. वाकवाकी 

केही महिलाहरूलाई चक्की खाएपछि वाकवाकीको समस्या हुन सक्छ । यद्यपि यो धेरै समयसम्म हुँदैन, केही समयपछि निको पनि हुनसक्छ । 

३. स्तन कोमल 

केही महिलाहरूले गर्भ निरोधक चक्की खाएपछि, विशेष गरी औषधि सुरु गर्दा स्तन कोमल भएको अनुभव गर्छन् । चक्कीले हर्मोन बन्द गराउने र यो स्तनसँग पनि सम्बन्धित भएकाले यसमा कोमलता आउनु स्वाभाविक हो ।

४. टाउको दुखाइ र माइग्रेन 

गर्भ निरोधक औषधी खाएपछि केहि महिलालाई बारम्बार टाउको दुख्ने र माइग्रेनको समस्या देखिन सक्छ । 

५. तौल बढ्ने 

गर्भ निरोधक चक्कीहरूले वजन बढाउन सक्छ । यद्यपि, यस्तो सबै महिलालाई हुन्छ भन्ने छैन । यो चक्की खाँदा शरीरको पानी धारण गर्ने क्षमता बढ्छ भन्ने गरिन्छ जसलाई ‘वाटर वेट’ पनि भन्ने गरिन्छ । 

६. मुड परिवर्तन 

गर्भ निरोधक चक्कीको साइड इफेक्ट मुड र भावनामा परिवर्तनको रूपमा आउँछ । यसले गर्दा अन्य धेरै समस्या पनि निम्त्याउन सक्छ । 

७. महिनावारी महिनैपिच्छे नहुने

केही महिलाको महिनावारी बीचमा रोकिन सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्रै गर्भ निरोधक चक्की प्रयोग गर्नु राम्रो हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै