डा. जयनमान श्रेष्ठ ।
म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. जयनमान श्रेष्ठ ।
म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । व"/>
2026-10-18 01:13 PM
अछाम - ACM

मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु, तर विवाहपछि श्रीमानले…

डा. जयनमान श्रेष्ठ ।

म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । विवाहपछि श्रीमानले विवाहपूर्व मैले यौनसम्पर्क राखेको थाहा नपाऊन् भन्ने चाहन्छु । यसको लागि मैले के उपाय अपनाउन सक्छु ? -भी

सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमान्ले थाहा पाउँछन् कि भन्ने डर रहेको पाइन्छ । 

विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । 

कतिपयले त्यो झिल्लीको दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा कुमारीत्व पुनः प्राप्ति (भर्जिनिटी रिपेयर) का लागि तपाईंको जस्तै जिज्ञासा राख्नेहरू बढेका छन् ।  

सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने ‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त गर्न सकिन्छ । 

एकचोटि यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनिमा रहेको उक्त पातलो झिल्ली च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनिको भित्री भागमा रिङको आकारमा बसेको हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिन्छ । 

पहिलो सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर योनिको भित्री भागमा रिङजस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।

योनिमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टीजस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनि टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनि सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरिया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनि टाइट पार्ने प्रक्रियामा योनिद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनि वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।

विशेष गरी, टाइट पाइन्ट वा ट्राउजर लगाउने चाहना राख्नेहरूलाई कहिलेकाहीँ योनिको सेप कपडामा देखिएर लाजमर्दा हुन्छ । सन्तानका आमा भइसकेका पाका महिलाको बच्चा जन्माउँदा योनि वरिपरिको मांसपेशी तन्किएर योनिको बाहिरी छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनिको सेप देखिन्छ । 

उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ बाट गरिन्छ ।

भेजाइनल डेलिभरी हुँदा योनि र योनि वरिपरिको मांसपेशी लुज हुन्छ । जसले गर्दा योनि खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुन्छ ।

 बेलैमा ‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट महिलालाई जोगाउन सकिन्छ । ‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो हुँदैन । 

यो अपरेसनका लागि बेहोस बनाउनु पर्दैन । अपरेसन गर्ने ठाउँमा नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को अपरेसन सम्पन्न गर्न सकिन्छ । शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु