मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । म"/>
२०८३, १६ बैशाख बुधबार
अछाम - ACM

केही हुँदैन, झन् रमाइलो हुन्छ भन्दै यो समयमा सेक्स गर्नुहुन्छ ! केहि समस्या त हुँदैन ?

२०७३, २१ कार्तिक आईतवार ०७:१२

मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ? यसले महिलालाई शारीरिक हानि त हुने होइन ?-सी

महिनावारी भएको बेलामा सम्भोग गर्न हुन्छ कि हुँदैन भन्ने कुरामा अझै पनि केही भ्रम पाइन्छन् । महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ । पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ । 

तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।

मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।

सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ । 

अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ । -स्रोत: शुकबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय