भदौ ११, काठमाडौँ | नेपालका थारु समुदायमा सबैभन्दा बढी प्रयोग हुने सुगुरको मासु बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ११, काठमाडौँ | नेपालका थारु समुदायमा सबैभन्दा बढी प्रयोग हुने सुगुरको मासु बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुँगुरको मासु: मानव स्वास्थ्यलाई किन खतरनाक छ ?

११ भाद्र २०७४, आईतवार ०८:२०


भदौ ११, काठमाडौँ | नेपालका थारु समुदायमा सबैभन्दा बढी प्रयोग हुने सुगुरको मासु बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण गरेको हुन सक्ने अनुसन्धानले देखाएको छ । 

पब्लिक हेल्थ बेलायतका अनुसन्धानकर्ताले सुँगुरको मासु किनेका मानिसमा गरेको अनुसन्धानबाट उनीहरु हेपाटाइटिस ई को भाइरसबाट संक्रमित भएको पाइएको थियो । 

अध्ययनले ती मानिसले बेलायतको नाम चलेका सुपरमार्केटबाट सुँगुरको ह्याम र ससेज किनेर खाएका थिए । पब्लिक हेल्थ बेलायतले ती सुपरमार्केटका नाम दिन अस्विकार गरेपनि बेलायतका पत्रपत्रिकाले भने ती नाम नखुलाइएका सुपरमार्केटमा बेलायतको ठूलामध्येका एक टेस्को सुपरमार्केट पनि रहेको बताएको छ । 

पब्लिक हेल्थ बेलायतका प्रवक्ताका अनुसार हेपाटाइटिस ई को संक्रमणबाट सर्वसाधारणको स्वास्थ्यमा पर्ने खतरा बेलायतमा अत्यन्तै कमजोर रहेको छ । उहाँले हेपाटाइटिस ई सामान्य र व्यक्तिमा मात्रै सीमित रहने रोग भएकाले कति मानिसमा यत्तिकै निको हुने पनि बताए । 

पब्लिक हेल्थ बेलायतले ब्रिटिश सुँगुरमा उक्त भाइरस नभेटिएको र संक्रमण बेलायतभन्दा बाहिरबाट ल्याइएका सुँगुरका मासुजन्य पदार्थ खाएकाले भएको बताएको छ । 

सुँगुरको मासुले हेपाटाइटिस भन्ने समाचार यस साता बेलायतका विभिन्न सञ्चारमाध्यममा राम्रै स्थान पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो