सास (टिप्स) | शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो दिमाग । दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन । तर कहिले  मानिसहरुको मध्यपान, धुम्रपान, नराम्रो आदत, पोष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास (टिप्स) | शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो दिमाग । दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन । तर कहिले  मानिसहरुको मध्यपान, धुम्रपान, नराम्रो आदत, पोष"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् दिमाग तेज बनाउने ७ घरेलु जडिबुटी

२०७४, ८ कार्तिक बुधबार १३:०४

सास (टिप्स) | शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो दिमाग । दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन । तर कहिले  मानिसहरुको मध्यपान, धुम्रपान, नराम्रो आदत, पोषक तत्वको कमि जस्ता कुराले गर्दा स्मरण शक्ति कमजोर हुन जान्छ । त्यसकारण स्मरण शक्ति बढाउनका लागि हामीले घरेलु ७ जडिबुटीहरुका बारेमा तपाईलाइ बताउन गईरहेका छौं । तिनीहरुको सहि तरिकाले प्रयोगमा ल्याउदा दिमाग तेज हुन सक्छ ।

१. जटामंसी

यसको जरामा लट्टा परेको कपाल जस्तै तन्तु हुने भएकाले यसलाई जटामसी भनिएको हो । यो औषधिको रुपमा प्रयोग हुन्छ । यो स्मरण शक्ति बढाउनको लागि एकदमै राम्रो औषधि हो । एक चम्चा जटामसी एक कप दूध मा मिसाएर पिउदा दिमाग तेज हुन्छ ।

२. दालचीनी

दालचीनीलाई खानमा गरम मसलाको मात्र नभएर यो औषधि पनि हो । दालचिनीले दिमागलाई तेज बनाउछ । राति सुत्ने समयमा एक चिम्टी दालचिनी पाउडर लाइ मह मा मिलाएर खादा मानसिक तनाब बात मुक्त मिल्छ । अनि दिमाग तेज हुन्छ।

३. बेसार

बेसार दिमागलाई तेज बनाउने एक महत्वपुर्ण जडिबुटी हो । यो खानाको स्वाद र रंगमा प्रयोग गरिन्छ यसको नियमित प्रयोग ले भुल्ने समस्या बाट बच्न सकिन्छ ।

४. जाईफल

दिमागलाई तेज बनाउनको लागि जाईफल पनि अति उपयोगी जडिबुटी हो । यसको प्रयोगले भुल्ने समस्या बाट मुक्त मिल्छ।

५. तुलसी

बिशेषगरी तुलसी रुघाखोकीको अति राम्रोको रुपमा पनि प्रयोग गरिन्छ । यो धेरै जसो मानिसले चिनेजाने को जडिबुटी हो । यसको प्रयोगले मुटु र दिमागलाई राम्रो फाईदा गर्दछ ।

६. अदुवा

अदुवालाई खानामा स्‍वादका प्रयोग गरिन्छ, त्यसका सथसाथै यसलाई अनिद्रा, डिप्रेशन जस्ता रोगहरुको लागि औषधिका रुपमा प्रयोग गरिन्छ ।

७. कालो मरीच

कलोमरीचमा पेपरिन रसायन पाइने हुदा यसको प्रयोगले दिमागका कोसीकालाई आराम दिन्छ । यसको प्रयोगले डिप्रेशन तथा अन्य रोगबाट पनि मुक्ति पाउन मदत गर्दछ। दिमागलाई स्वस्थ राख्नको लागि कालोमरिच अति उपयोगी घरेलु जडिबुटी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने