काठमाडौं । प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं । प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख"/>
२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राति सुत्दा प्याजको एक टुक्रा पैँतालामा राख्नुस, हुनेछ फाइदै-फाइदा

२०७४, २० कार्तिक सोमबार १९:०३


काठमाडौं । प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख्दा मिल्ने फाइदाबारे तपाईंलाई जानकारी छ ? सायद नहुनसक्छ ।

यसरी प्याजको टुक्रा राख्दा शरीरका अंगहरुलाई स्वस्थ राख्न सकिन्छ । यो कुरा मेडिकल्ली पनि प्रमाणित भएको छ कि प्याजमा रहेको फस्फोरिक एसिडले धमनीमा घुसेर रगत शुद्ध बनाउँछ ।

अर्को तर्फ पैँतालाले हाम्रो शरीरको भार थाम्नेमात्र होइन यसको सिधा कनेक्सन हाम्रो शरीरका विभिन्न अंगहरुसँग हुन्छ । पैतालामा करिब ७०० वटा तन्तुहरुको कनेक्सन हुन्छ, जुन शरीरका विभिन्न अंगहरुसँग सम्बन्धित छ ।

हाम्रो पैँतालाले विजुलीको एक शक्तिशाली सर्किटको जस्तो कामसमेत गर्छ । तर, जुत्ता-चप्पलको प्रयोगले यो निश्क्रिय प्राय: हुन्छ । त्यसैले त चिकित्सकहरु दिनमा केही घण्टामात्र भएपनि नाङ्गो खुट्टाले टहलिन सुझाव दिन्छन् ।

एउटा जैविक प्याज लिनुहोस्, जुन कुनै पनि विषादी र केमिकलबाट मुक्त हुनुपर्छ । अब यसलाई गोलोगरी काट‍्नुहोस् । त्यसको केही टुक्रालाई माथिको चित्रमाजस्तै गरी दुईवटा पैँतालामा राख्नुहोस् र मोजा लगाएर सुत्नुहोस् । ख्याल गर्नुस्, यसरी राख्दा त्यो प्याज राम्रैसँग पैँतालामा टाँसिएको हुनुपर्छ । यसो गर्दा के फाइदा हुन्छ त ? आउनुस्, हामी बुँदागतरुपमा जानकारी दिँदैछौं ।

ब्याक्टेरिया र रोगाणुहरु नष्ट गर्छ:

प्याजमा एण्टी ब्याक्टोरिलय गुण हुन्छ । जुन शरीरमा लामो समयसम्म टाँसिएर रहँदा ब्याक्टेरिया तथा विभिन्न रोगका किटाणुहरुलाई नष्ट गरिदिन्छ ।

रगतलाई शुद्ध बनाउँछ:

जब छालाले प्याजमा रहेको फस्फोरिक एसिड सोस्छ, तब त्यो धमनीमा पुग्छ । अनि यसले रगतलाई शुद्ध बनाउन मद्दत गर्छ ।

हावालाई शुद्ध बनाउन मद्दत गर्छ:

छेउमै रहेको प्याजको टुक्राले तपाईंले स्वास लिने हावालाई पनि शुद्ध बनाउन मद्दत गर्दछ । साथै यसले खुट्टाको गन्ध हटाउने तथा केमिकल एवम् विषाणुहरुलाई नष्ट गर्ने काम गर्छ ।

मुटु रोगबाट छुटकारा:

यसरी नियमित राखिने प्याजको टुक्राले तपाईंको मुटुलाई स्वस्थ राख्ने काम गर्दछ । जब मुटु स्वस्थ हुन्छ, तब मुटुसम्बन्धी कैयन खतरनाक रोगहरुबाट छुटकारा मिल्छ ।

पेटको संक्रमणबाट बचाउँछ, किड्नीलाई सुरक्षित राख्छ:

यसले पेटको संक्रमणबाट बचाउनेमात्र होइन किड्नीलाई पनि सुरक्षित गर्ने काम गर्छ ।

तल्लो पेट र मुत्राशयको समस्याबाट मुक्ति

यदि तपाईं तल्लो पेट वा मूत्राशयको समयस्याबाट पीडित हुनुहुन्छ भने पनि तपाईंका लागि यसो गर्नु निकै उपयोगी हुन्छ ।

खुट्टाको गन्ध हटाउँछ:

मोजा लगाउँदा तपाईंको पैँतालामा गन्ध आउँछ भने पनि यसले त्यसलाई कम गर्न मद्दत पुग्दछ ।

सर्दी तथा ज्वरोबाट बचाउँछ:

यसरी राखिने प्याजको टुक्राले तपाईंलाई सर्दीबाट बचाउनेमात्र होइन ज्वरोबाट पनि बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला