२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाईजहाजको रङ्ग सेतो किन हुन्छ ? (यस्तो छ रहश्य)

२०७४, २१ माघ आईतवार १८:४३

हवाईजहाजको रंग सेतो हुनुको वैज्ञानिक र आर्थिक कारण छ । यस बिषयमा तपाइँले कहिलै सोच्नुभएको छ ? प्राय हवाईजहाँको रङ्ग किन सेतो हुन्छ ? सायद तपाइले यस बिषयमा त्यति ध्यान दिनुभएको छैन ।  त्यसो भए साझा सबाल अनलाइनले यस बिषयमा जानकारी दिनेछ । 

हवाईजहाजको रङ्ग प्राय सेतो हुनुको बैज्ञानिक तथा आर्थिक कारण मुख्य रहेको छ । 


हवाईजहाजलाई तात्नबाट सेतो रङ्गले बचाउँछ, यो बैज्ञानिक कारणमा पर्छ । जहाजलाई सेतो रङ्गकै बनाउनुको मुख्य र पहिलो कारण नै प्लेनलाई तातोबाट बचाउनुनै रहेको छ । जहाज आकासमा उड्ने भएकाले यसलाई घामको तापबाट जोगाउनु मुख्य मानिन्छ । रनवेदेखि आकाससम्म घाममै रहने हुनाले तात्नबाट यसलाई जोगाउन सेतो रङ्गकै आवश्यकता पर्छ । जहाजमा सिधै घामको किरण पर्ने हुँदा, किरणमा हुने इन्फ्रारेड रेहरुले निकै ताप पैदा गर्ने हुँदा सेतो रङ्ग प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ । सेतो रङ्गले घामको किरणलाई रिफ्लेक्ट गर्छ । यो जानकारी राखौंकि सेतो रङ्गले सुर्यको ९९ प्रतिशतसम्म किरणलाई रिफ्लेक्ट (फिर्ता) गर्दिन्छ जसको कारण प्लेन तात्न बाट मद्धत पुग्छ । अरु रङ्ग प्रयोग गर्दा रिफ्लेक्टको प्रतिशत कम हुने हुँदा छिटो तात्छ र प्लेन तात्नु खतरनाक हुन्छ । यस बिषयमा स्पष्ट भनिएको छ कि – 'The color white is a terrific reflector of sunlight, and reflects almost all the light that falls on it, unlike other colors, which absorb some of the light.'


सेतो रङ्गको कारण जहाज स्क्र्याच भएको वा टुट-फुट भएको सहजै देख्न सकिन्छ । यसैले सेतो रङ्गलाई जहाजको निरीक्षणमा मद्धत दिने रङ्गको रुपमा पनि लिइन्छ । 

त्यस्तै भिजिबिलीटी पनि अर्को कारण मानिन्छ । अरु रङ्गको तुलनामा सेतो रङ्गको  भिजिबिलीटी (सजिलै देख्न सकिने) धेरै हुन्छ । आकासमा सेतो प्लेनलाई सजिलै देखिन सकिन्छ । जसको कारण दुर्घटना हुनबाट बच्न सकिन्छ । चराले समेत सजिलै प्लेन देख्न सक्ने हुँदा छलिने प्रयास गर्छ जसको कारण दुर्घटनाबाट बच्न सकिन्छ । 

त्यस्तै सेतो रङ्गको तौल अरु रङ्गको भन्दा कम हुने हुँदा पनि जहाजमा सेतो रङ्ग प्रयोग गरिन्छ । 


माथिका कुराहरु जहाज सेतो हुनुको बैज्ञानिक कारणमा परे अब जहाज सेतो हुनुको आर्थिक कारणबारे पनि जानौं । 

जहाज सेतो नै हुनुको कारणबारे बिज्ञहरुले बताए अनुसार सेतो रङ्गको जहाजको रीसेल भ्यालु धेरै हुन्छ । यसको साथै रात बाहेक प्राय सिधा घाममा अन्य रङ्गको आयु कम हुने हुन्छ । सेतो रङ्गलाई घामले त्यति असर गर्न सक्दैन तर अन्य रङ्गलाई घामले खुइल्याउने (रङ्ग उड्ने) हुँदा पटक-पटक पेन्ट गर्नुपर्ने बाध्यता हुन्छ । जसको कारण खर्च बढ्न जान्छ । सेतो रङ्ग प्रयोग गर्दा पटक-पटक पेन्ट गरिराख्नुपर्दैन । 

यदी यस बिषयमा थप जान्न चाहनुहुन्छ भने गुगलमा पनि धेरै कुरा अध्ययन गर्न सक्नु हुन्छ । यदी Why Are Airplanes Usually White? लेखेर खोज्नुभएमा यस बिषयमा थप जानकारी पाउन सक्नुहुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला