२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईलाई छिटो-छिटो पिसाब लाग्ने गरेको छ ? देखिनसक्छ यस्तो खतरनाक रोग

२०७४, २२ माघ सोमबार ०८:३८

प्रोस्टेटुले वीर्यको केही भाग उत्पादन गर्छ। यो ग्रन्थीको नियमित विकासबिना सन्तान उत्पादन गर्न पुरुष सहयोगी बन्न सक्दैन। त्यसैले प्रोस्टेट ग्रन्थीको महत्व छ।

२० प्रतिशत पुरुषमा ४० वर्ष पुगेपछि प्रोस्टेट ग्रन्थी कोशिकाको अतिवृद्धि हाइपरप्लेजिया देखा पर्छ। कोशिकाको अतिवृद्धि ६० को उमेरमा ६० प्रतिशत र ७०/८० को उमेरमा ९० प्रतिशत पुग्ने गर्छ। ८० वर्ष नाघेका पुरुषमा सधैँ प्रोस्टेट ग्रन्थी कोशिकाको अतिवृद्धि देखा पर्छ। 

तर, सबै पुरुषले प्रोस्टेट ग्रन्थी कोशिकाको अतिवृद्धि हुँदैमा उपचार गर्नुपर्छ भन्ने होइन। उपचारको आवाश्यकता ग्रन्थी वृद्धिले मुत्र लक्षण देखाउन थालेपछि मात्र गराउनुपर्ने हुन्छ।

प्रोस्टेट ग्रन्थीको अतिवृद्धि अवस्था भनेको प्रोस्टेट ग्रन्थीको संक्रमण तथा क्यान्सर रोगभन्दा भिन्न अवस्था हो। यो अवस्थाले मुत्र सञ्चालनमा अवरोध ल्याएर शरीरमा विभिन्न समस्या उत्पन्न गर्न सक्ने भएकाले पुरुषहरुले यो रोगबारे जानकारी राख्नुपर्छ।

प्रोस्टेट ग्रन्थी सामान्यतया ओखर जत्रो र तौलमा १० देखि २० ग्रामसम्मको हुन्छ। यो अति शूक्ष्म मांसपेशी, ग्रन्थी र संयोजक तन्तु मिलेर बेनको हुन्छ। यो ग्रन्थी मुत्रथैलीको तल, मुत्रनलीको सुरुको भागमा मोटो आन्द्राको मलद्वार भाग नजिकै हुन्छ। प्रोस्टेट ग्रन्थीले मुत्रनलीको सुरुको भागलाई बेरेर राखेको हुनाले ग्रन्थीको वृद्धि वा सुकेर खुम्चिएको अवस्थामा मुत्रनली साँघुरिने हुन्छ।

मुत्रथैलीको मांसपेशी मोटो र औधी संवेदनशील हुन्छ। त्यसैले थोरै पिसाब भएको अवस्थामा पनि थैली खुम्चिन्छ र बारबार पिसाव फेर्नुपर्ने हुन्छ। अन्ततोगत्वा मुत्रथैली कमजोर भएर जान्छ र पिसाब निखार्न सक्ने क्षमता गुम्छ। 

त्यसैले पिसाब फेरेर अल्ट्रासाउन्ड गर्दा थैलीमा पिसाव बाँकी रहेको देखा पर्छ। मुत्रनलीको सुरुको भाग साँघुरिनु र मुत्रथैलीमा निखार्न नसकेको पिसाव रहनुले प्रस्टेट ग्रन्थी मांसपेशी कोशिकाको अतिवृद्धिका लक्षण देखा पर्छन्। 

तर, पुरुषहरु सधैँ प्रोस्टेटले समस्या गरेको छ भन्ने महसुस गर्दैनन्। यस्ता पुरुषले एलर्जीको वा रुघाखोकीमा प्रयोग हुने औषधि सेवन गर्दा, लामो समय पिसाव रोक्दा, रक्सी सेवन गर्दा, चिसोमा बस्दा वा धेरै दिन दिसा नगर्दा एक्कासी पिसाब रोकिएपछि ग्रन्थीको समस्या रहेको चाल पाउँछन्।

प्रोस्टेट ग्रन्थी मांसपेशी कोशिकाको अतिवृद्धिले उग्ररुप लिएमा मुत्रथैलीको निकास पूरै टालेर पिसाब रोक्न सक्छ। ग्रन्थी वृद्धि वा खुम्चिएर मुत्रथैली निकास तथा मुत्रनलीको सुरुको भागमा अवरोध उत्पन्न गरे तल्लो भाग संलग्न मुत्र पद्दतिको लक्षणहरु देखा पर्न थाल्छन्।

मुत्र प्रणालीमा देखापर्ने लक्षण दुई प्रकारका हुन्छन् ।

१. उत्तेजनात्मक लक्षणः छिटोछिटो पिसाव फेरिरहनुपर्ने, पिसाब लागेपछि रोक्नै गाह्रो पर्ने, राति पिसाब फेर्न उठिरहनुपर्ने, पिसाब फेर्दा पोल्ने९जलन हुने र दुख्ने तथा पिसाबको मात्रा थोरै हुने। यसप्रकारका लक्षण बिरामीलाई बढी पिरोल्ने तथा क्रुद्ध पार्ने वा अप्ठेरो महसुर गराउने हुन्छन्।

२. अवरोधजन्य लक्षणः पिसाब लागेर फेर्न जाँद पनि केहीबेर कुरेपछि मात्र आउने, पिसाब फेर्न कुर्नुपर्ने, पिसाबको धारा कमजोर तथा मसिनो हुने, पिसाब निखार्न लामो समय लाग्ने, पूरै पिसाब ननिख्रने र पिसावको थैली तन्केर कमजोर भएको अवस्थामा सुतेको बेला वा अरु समय पनि पिसाव अनियमित हुने गर्दछ। एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला