Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २१ फाल्गुन बिहीबार
काठमाडौँ - KTM

एकपटक मेकअप गर्दा तीन वर्ष ढुक्क: स्वास्थ्यमा असर गर्छ कि गर्दैन, कति लाग्छ खर्च ?

२०७४, २५ माघ बिहीबार ०६:५८

मेकअपका नयाँ–नयाँ प्रविधि भित्रिरहेका छन् । आफूलाई सुन्दर देखाउन मानिस पनि मेकअपमा निकै कन्सस हुन थालेका छन् । तर, सचेत हुँदाहुँदै पनि कतिपय गलत मेकअपको सहारा लिन पुग्छन् ।


त्यसैले कतिको लामो समयसम्म मेकअप नटिक्ने समस्या पनि हुन सक्छ । त्यस्ता मानिसका लागि वाटरप्रुफ मेकअप फलदायी हुन्छ । जसलाई पानी र पसिनाले कुनै असर पुर्याउदैन । 

त्यस्तै, नेपालमा पर्मानेन्ट मेकअप पनि शुरु भएको छ । समयको बचत गर्न चाहने र व्यस्त मानिसका लागि यस्तो मेकअप निकै उपयोगी बन्न सक्छ भन्छिन व्युटिसियन लक्ष्मी थापा ।

के हो पर्मानेन्ट मेकअप ?

पर्मानेन्ट मेकअप लामो समयसम्म टिक्छ । यसलाई मचाहिँ सेमी–पर्मानेन्ट मेकअप भन्न रुचाउँछु। यस्तो मेकअप एकपटक गरेपछि तीन वर्षसम्म टिक्छ । 

मेकअप कस्तो हुन्छ ?

पर्मानेन्ट मेकअपमा सबैभन्दा बढी आइब्रो र ओठको मेकअप पर्छ । यसमा मानिसको चाहनाअनुसारको मेकअप गर्न सकिन्छ । जस्तो कि आइब्रोको कलर चेन्ज, आइब्रोलाई मोटो बनाउने आदि ।  ओठमा पनि विभिन्न प्रकृतिको मेकअप गर्न सकिन्छ । 

स्वास्थ्यमा असर

पर्मानेन्ट मेकअपले स्वास्थ्यमा कुनै प्रकारको नकारात्मक असर पर्दैन । मेकअपलाई छालाको माथिल्लो भागमा राखिन्छ । तर, मेकअप गर्दाचाहिँ होसियारी अपनाउन जरुरी छ । 

कस्ताले नगर्ने ?

विचार पुर्याउनुपर्ने कुरा के भने सबै मानिसले यस्तो प्रकारको मेकअप गर्न चाहिँ मिल्दैन । डायबिटिज, ब्लडप्रेसर, छालाको संक्रमण हुने व्यक्ति यस्तो मेकअप भुलेर पनि गर्नुहुँदैन । 

मेकअपपछि के गर्ने?

मेकअपपछि सातदिनसम्म छाला सुक्खा राख्नुपर्छ । घाममा हिँड्नु हुँदैन । धुलोबाट बच्ने, बढी पसिना बग्ने गरी काम नगर्दा राम्रो हुन्छ ।

कति लाग्छ खर्च?

यस्तो मेकअपमा इंक र लिक्विडको प्रयोग गरिन्छ । मेकअप राख्ने बेला दुखाइ हुन्छ । मेसिनरी सामग्रीका माध्यमबाट यस्तो मेकअप गरिन्छ । मेहअप गर्दा निडल्सको पनि प्रयोग हुन्छ । मेकअपको क्वालिटी अनुसार मूल्य निर्धारण हुन्छ । नेपालमा १० देखि १८ हजार रुपैयाँसम्म यस्तो मेकअप गर्न सकिन्छ । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला