२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महादेवलाई यस्ता ५ पवित्र वस्तु चढाउँदा पुण्य होइन पाप किन लाग्छ ? जानी राखौ

२६ माघ २०७४, शुक्रबार १०:५५

हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलिङ्ग राख्नुहुँदैन।

किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो कष्ट आइपर्छ। भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर, उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैनन्।

शिवजीलाई मनपर्ने कुराहरूः

शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ। सादा जीवन उच्च विचारको दर्शनलाई पछ्याउने देवता हुन् शिवजी। जो मानिस बढि महत्वाकांक्षी हुन्छ, त्यो मानिस कहिल्यै पनि खुसी हुन सक्दैन।


जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर आफैलाई बुझ्ने कोशिस गर्छ, त्यहि मानिसले मात्रै खुसीको स्वाद चाख्न पाउँछ। विभिन्न धर्मग्रन्थहरूमा उल्लेख गरिएका शिवजीको कथाबाट यहि सिक्न सकिन्छ।

शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको गाँजा, भाङ्ग, धतुरो, बरफजस्तो चिसो गाईको दूध, श्रीखण्द र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्।

तथापी शिवपुराणका अनुसार, भक्तालुहरूले शिवजीको पुजा आरधना गर्दा यी ५ वस्तुहरू कहिल्यै पनि चढाउनुहुँदैन, यदि चढाएमा अनर्थ हुनेछः

१. गोलाईँती फूल (केताकी फूल)

एकदिन, विष्णु भगवान र ब्रह्मादेवको बीचमा ‘को बलियो’ भन्ने विषयमा घमासान युद्ध भइरहेको थियो। अनि जब उनीहरूले एकदमै खतरनाक अस्त्र प्रयोग गर्न लागे, तब उनीहरूको बीचमा ज्योतिर्लिङ्ग बनेर शिवजी प्रस्थान गर्नुभयो। त्यसपछि शिवजीले विष्णु र ब्रह्मालाई ज्योतिर्लिङ्गको फेद र टुप्पो पत्ता लगाउन आदेश दिनुभयो।

यो फूलको नाम ठाउँअनुसार फरक पर्ने हुन्छ। मध्यपश्चिमी क्षेत्रतिर यो फूललाई ‘गोलाईँती फूल’ भन्ने गरिन्छ भने तराई क्षेत्रमा यो फूललाई केताकी फूल भन्ने गरिन्छ।

विष्णु देवले पनि शिवजीको आदेश मानी फेद खोज्न हिँडे, तर फेला पार्न सकेनन्। टुप्पो खोज्न हिँडेका ब्रह्मदेवले जुक्ती लगाए र गोलाईँती फूललाई आफुसँगै ढाँट्न आदेश दिए। 

दुवैजना फर्किए र विष्णुले हार स्वीकारे। तर ब्रह्माले ज्योतिर्लिङ्गको टुप्पो फेला पारेको भनी ढाँटे। गोलाईँती फूल पनि ब्रह्माकै कुरामा सहमत जनाउँदै शिवलाई ब्रह्माले टुप्पा फेला पारेको कुरामा हो हो मिलायो।

तर, ब्रह्माले ढाँटेको भनेर शिवजीले थाहा पाइहाल्नुभयो, किनभने उक्त ज्योतिर्लिङ्ग अनन्तसम्म फैलिएको थियो। ब्रह्मा र गोलाईँती फूलको त्यो झूटबाट क्रोधित शिवजीले ब्रह्माको एउटा टाउको काटिदिनुभयो र कसैले पनि उनलाई भगवान भनेर पुजा नगरून् भनेर ब्रह्मादेवलाई श्राप दिनुभयो। 

त्यसपछि, शिवजीले गोलाईँती फूलतर्फ फर्केर उनको पुजा गर्दा कहिल्यै पनि सो फूल प्रयोग गर्न नपाऊन् भनेर श्राप दिनुभयो।

२. तुलसी

शिवपुराणमा उल्लेख गरिएअनुसार, दैत्य जालन्धरको वध गर्न एकदमै कठीन थियो, किनभने उनकी पत्नीको पतिव्रत शक्तिले उनलाई कुनै पनि देवताले हराउन नसक्ने शक्ति दिएको थियो। 

तर विष्णु भगवान एकदमै चलाख१ जालन्धर र महादेवको युद्ध भैरहेको बेला विष्णु भगवानले जान्धरको रूप धारण गरी उनकी पत्नी ‘तुलसी’को पतिव्रत शक्ति लुट्न गए। जालन्धररूपी विष्णुले तुलसीको पतिव्रतलाई लुट्नेबित्तीकै महादेवले जालन्धरलाई भष्म बनाइदिएका थिए।

आफ्नो पतिको मृत्यु र आफूप्रतिको धोकाबाट क्रोधित तुलसीले महादेवलाई आफ्नो पवित्र पातले कहिल्यै पनि पुजा गर्न नपरोस् भनेर श्राप दिन्छिन्। त्यसैले गर्दा नै शिवजीलाई तुलसीको पात चढाउनुहुँदैन भनेर शिवपुराणमा उल्लेख गरिएको छ।

३. नरीवलको पानी

शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरीवलको पानी पनि एक हो। शिवजीलाई सिङ्गो नरीवल चढाउनु कुनै भूल हुँदैन, तर शिवलिङगमा कहिल्यै पनि नरीवल फुटाएर पानी नचढाउनुहोला। शिवपुराणमा, यस्तो गरेमा शिवजी रिसाउने र अनिष्ट हुने जनाएको छ।

४. बेसार

बेसारलाई स्त्रीहरूको सुन्दरता बढाउनको लागि प्रयोग गरिन्छ। त्यही कारणले गर्दा नै शिवजीलाई बेसार चढाउन नहुने शिवपुराणमा उल्लेख गरिएको छ।

५. सिन्दूर

विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्वपूर्ण र पवित्र मानिने गरिन्छ। आफ्नो पतिको लामो आयुको लागि हिन्दु महिलाहरूले सिउँदोमा सिन्दूर लगाउने गर्दछन्। 

तर, शवजी त्रीमूर्तीदेवहरू मध्ये संहारकर्ता हुन्। त्यसैले नै शिवजीलाई सिन्दूर प्रयोग गरेर पुजा गर्नु ठूलो भूल हुन जान्छ। यस्तो शिवपुराणमा उल्लेख गरिएको छ। एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा