२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्यालेन्टाइन्स डे: राशिअनुसार यसरी छनोट गर्नुहोस् उपहार

२८ माघ २०७४, आईतवार ०२:०७

ऋतुराज वसन्तको आगमनसँगै वातावरणमा वसन्त बहारको प्रदुर्भावले प्रत्येक व्यक्तिको मन झङ्कृत भइरहेको छ, त्यसैले पनि होला वसन्त ऋतु र प्रेम दिवसको अनोन्याश्रित सम्बन्ध भएको । 

फक्रँदै गरेको प्रकृतिको यो मोहकपनले प्रत्येक व्यक्तिमा प्रेमिल भावनालाई अंकुरण गरेको छ । यो प्रेमको भावना वा प्रेम सम्बन्धलाई अझै प्रगाढ बनाउन वा सुनमा सुगन्ध थप्न आउनुहोस् पौराणिक शास्त्रको माध्यमबाट आफ्नो प्रेमी–प्रेमिकाको स्वभाव बुझौँ । उपहार दिँदा राशिअनुसारको रङ छनोट गरौँ, जसले तपाईंंको प्रेम दिवस अझै रंगिन बनोस् ।

मेष : मेष राशि भएका व्यक्तिहरू प्रेमका लागि सधैँ व्यग्र हुन्छन् र प्रेम प्रदर्शन गर्दा अलि उग्र पनि । उनीहरूलाई आफ्नो भावना व्यक्त गर्न नपाउँदा सारै पीडा हुन्छ । मेष राशिवाला व्यक्तिमा पहिलो नजरमै प्रेम उत्पन्न हुन्छ, तर त्यो प्रेमको भावना क्षणिकका लागि मात्र रहन सक्छ । कामुक स्वभाव भएका कारण शारीरिक सम्बन्ध राख्नमा उनीहरूको विशेष चासो हुन्छ साथै, सम्बन्धमा काफी स्वतन्त्रता चाहन्छन् ।

मेष राशि हुनेहरूको सिंह र धनु राशि भएका व्यक्तिसंँगको सम्बन्ध लामो समयसम्म टिकाउ रहने देखिन्छ भने मिथुन, तुला र कुम्भ राशि भएकासँग ठीकै खालको मित्रता रहन्छ । मेष राशि भएको व्यक्तिलाई उपहारमा रातो रङका केही गिफ्ट दिँदा सम्बन्ध गहिरो हुन्छ ।

वृष : वृष राशिको स्वामी ग्रह शुक्र हो, जुन ग्रहलाई प्रेम र शारीरिक सुखको कारक ग्रह पनि मानिन्छ । वृष राशिमा आउँदा चन्द्रमा पनि उच्च हुन्छ जसलाई ज्योतिषमा मनको स्वामीका रूपमा विष्लेषण गरिन्छ, त्यसैले पनि वृष राशिलाई प्रेमिल राशि भन्दा फरक नपर्ला । वृष राशि हुनेहरूको शृंगार तथा सौन्दर्यतासँग अद्भूत लगाव हुन्छ । यिनीहरू प्रेमको मामलामा दिमागको भन्दा दिलको आवाज सुन्ने गर्छन् र प्रेमको अन्तिम बिन्दु प्राप्तिलाई ठान्ने गर्छन् ।

वृष राशि हुनेहरूको सम्बन्ध कन्या र मकर राशि हुनेसँग राम्रो हुने देखिन्छ । यी राशि भएकालाई प्रपोज गर्दा वा उपहार दिँदा सेतो वा सिल्क रङको वस्तुले सम्बन्धमा प्र्रगाढता आउँछ ।

मिथुन : मिथुन राशिको चिह्नमै स्त्री–पुरुषको मिलन दर्शाइएको पाइन्छ । त्यसैले आफ्नो निकटमा रहेको विपरीत लिंगीलाई आर्कषित गर्ने यिनीहरूको अनौठो कला हुन्छ । तर, द्विस्वभाव प्रकृतिको राशि भएका कारण कतिपय अवस्थामा एउटा सम्बन्धबाट तृप्त नभएर एकसाथ अन्य सम्बन्धमा पनि जोडिन सक्छन् ।

मिथुन राशि हुनेहरूको तुला र कुम्भ राशिवालासँग प्रगाढ सम्बन्ध हुन सक्छ भने धनु, मेष र सिंहसँग मध्यम खालको सम्बन्ध रहन्छ । यदि तपाईंंको भ्यालेन्टाइन मिथुन राशिको हुनुहुन्छ भने हरियो रङको वस्तु उपहारमा दिँदा राम्रो हुन्छ ।

कर्कट : कर्कट राशिको स्वामी ग्रह चन्द्रमा हो र ज्योतिषमा चन्द्रमालाई मनको कारक मानिन्छ । त्यसैले कर्कट राशिवाला व्यक्ति सदैव दिलबाट नै प्रेम गर्ने गर्छन् । यिनीहरू आफ््नो पार्टनरलाई खुसी बनाउन जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहन्छन् । अतिसंवेदनशील र मनमौजी व्यवहारका कारण यिनीहरूको पार्टनर परेसान हुन सक्छ । अतः यदि तपाईं कर्कट राशिवालासँग प्रेममा हुनुहुन्छ भने खुसी बनाउने एक मात्र सूत्र भनेको यिनीहरूको कुरा ध्यानपूर्वक सुन्नु हो । कर्कट राशि हुनेहरूले वृश्चिक र मीन राशिसँग सम्बन्ध राख्दा राम्रो हुन्छ ।

कर्कट राशिवाला व्यक्तिसँग तपाईं सम्बन्ध बनाउन चाहनुहुन्छ भने सेतो तथा चम्किलो रङको वस्तु उपहारमा दिनु राम्रो हुन्छ ।

सिंह : सिंह राशि, राशि चक्रमा एकदमै शक्तिशाली मानिन्छ । जसको स्वामी सूर्य हो र सूर्य ज्योतिषमा अधिकारको कारक ग्रह पनि हो । यसर्थ सिंह राशिवाला व्यक्ति सम्बन्धमा दोस्रो व्यक्तिमा आफ्नो सम्पूर्ण हक जमाउन चाहन्छन् र कसैले प्रेममा घात गरे ठूलै दुस्मनी उठाउन पनि पछि पर्दैनन् । यिनीहरू स्वतन्त्रपूर्वक वा खुलमखुला प्रेम गर्न चाहन्छन् र प्रेमी वा प्रेमिकालाई पूर्ण रूपमा प्रेमको आभास दिलाउन पनि सक्छन् ।

सिंह राशि हुनेहरूले मेष र धनु राशिवालासँग सम्बन्ध राख्दा राम्रो हुन्छ । यो राशिवालालाई गुलाबी रङको गिफ्ट दिँदा प्रेममा सामञ्जस्यता कायम राख्न मद्दत गर्छ ।

कन्या : कन्या राशि हुनेहरू हरेक कुरामा परफेक्सन चाहन्छन् । त्यसैले पार्टनर पनि परफेक्ट होस् भन्ने उनीहरूको अपेक्षा हुन्छ । यो राशि हुनेहरू दोस्रो व्यक्तिको बाहिरी रूप र सौन्दर्यले भन्दा सोच र ज्ञानको गहिराइले आकर्षित हुने गर्छन् । यस राशि स्वामी बुध बुद्धिमता र समझदारीको कारक भएकाले पार्टनर पनि आफूजस्तै होस् भन्ने चाहन्छन् ।

कन्या राशिले वृष र मकर राशिसँग सम्बन्ध राख्दा फलदायक हुन्छ । कन्या राशिवाला प्रेमी वा प्रेमिकालाई गिफ्ट दिँदा मरुन रङको प्रयोग गर्दा सम्बन्धमा मजबुती आउँछ ।

तुला : तुला राशि हुनेहरू सिंगलभन्दा रिलेसनमै बस्न रुचाउँछन् । आकर्षक रूप र शारीरिक बनावटका धनी तुला राशिवालाहरू रोमान्समा काफी सोख राख्दछन् । सम्बन्ध बन्नु र टुट्नु यिनीहरूका लागि सामान्य हुन्छ । यसैकारण कतिपटक राम्रो सम्बन्धबाट पनि हात धुनुपर्ने हुन्छ । यो राशिवालाको मनमा के चलिरहेछ भन्ने कुरा उनीहरूको नजिकको व्यक्तिले पनि बुझ्न सक्दैन ।

तुला राशि हुनेहरूको सम्बन्ध मिथुन र कुम्भसँग राम्रो हुन्छ ।

तुला राशि भएको प्रेमी वा प्रेमिकालाई सिल्भर ग्रे कलरको वस्तु उपहार दिँदा समर्पण भाव आउँछ ।

वृश्चिक : वृश्चिक राशि हुनेहरू द्वैध चरित्र राख्छन् । त्यसैले यिनीहरूलाई बुझ्न कठिन हुन्छ । यिनीहरू भावपूर्ण, जोशपूर्ण तथा हरदम उत्साहित रहन्छन् र आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध बनाउन चाहन्छन् । यो राशि प्रेम तथा वासना प्रतिनिधित्व गर्ने राशि भएका कारण यस राशिवालाका लागि प्रेममा यौन अनिवार्य हुन्छ । वृश्चिक राशि हुनेहरूको कर्कट, कन्या, वृष र मकर राशि हुनेहरूसँग राम्रो सम्बन्ध स्थापित हुन सक्छ ।

यो राशि भएका व्यक्तिलाई गहिरो रातो रङको वस्तु प्रयोग गर्दा भावनाको कदर हुनेछ ।

धनु : धनु राशिको स्वामी गुरु ग्रह भएकाले यो राशिवाला व्यक्ति बुद्धिमान्, निष्ठावान् र इमानदार हुन्छन् । इगो तथा ईष्र्या प्रशस्त भएका कारण पे्रमका मामिलामा यिनीहरूलाई अजीवको बेचैनी वा अशान्ति हुन्छ । यो राशिवाला व्यक्ति आफ्नो पार्टनरका लागि प्रत्येक दिन केही नयाँ गर्न चाहन्छन् र आफू पनि त्यही अपेक्षा गर्दछन् । यिनीहरूको एउटै इच्छा आफ्नो पार्टनरले आफूलाई सम्मान गरोस् र समय–समयमा प्रेम व्यक्त गरिरहोस् भन्ने हुन्छ ।

धनु राशि हुनेहरूको मेष र सिंह राशिसँग राम्रो सम्बन्ध रहन्छ । धनु राशिवालालाई प्रपोज गर्दा वा गिफ्ट दिँदा पहेँलो वा गोल्डेन कलरको वस्तु प्रयोग गर्दा आपसी सद्भाव तथा प्रेम कायम रहन्छ ।

मकर : मकर राशिवाला व्यक्तिहरू धेरै नै भावुक हुन्छन् । यसर्थ एकपटक प्रेम भयो भने भुल्नुपर्दा वा छाड्नुपर्दा मुस्किल हुन्छ । यिनीहरू सम्बन्धमा प्रतिबद्ध हुन्छन् र पार्टनरबाट पनि आत्मीय प्रेमको अपेक्षा गर्दछन् । यिनीहरूको भावुकताको मानिसले गलत फाइदा उठाउन सक्छन्, किनकि भावुकतामा यिनीहरू सबैथोक गुमाउन पनि तयार हुन्छन् । सम्बन्धमा यिनीहरू काफी इमानदार रहन्छन् । साथै सम्बन्धलाई जीवन्तता दिन चाहन्छन् ।

मकर राशि हुनेहरूको मीन राशिवालाहरूसँग राम्रो सम्बन्ध रहन्छ । यो राशि हुनेहरूलाई नीलो वा स्काई ब्लु कलरको उपहार दियो भने प्रेम प्रगाढ हुनेछ ।

कुम्भ : ज्योतिषशास्त्रअनुसार यो राशिका मानिस काफी भावुक र हरेक कार्य मनदेखि नै गर्नेखालका तथा थोरै मुडी हुन्छन् । यिनीहरूलाई रिस कमै उठ्छ, तर रिसाएपछि संयमित हुन समय लाग्छ, यसले गर्दा कहिलेकाहीँ सम्बन्धमा बाधा उत्पन्न हुन सक्छ ।

कुम्भ राशि हुनेहरूको सम्बन्ध मिथुन र तुलासँग सुखद् हुनेछ । यो राशिवालालाई गिफ्ट दिँदा नीलो कलरको वस्तु प्रयोग गर्दा आपसी प्रेम वा सौहाद्रता कायम रहन्छ ।

मीन : मीन राशिवाला व्यक्ति संवेदनशील, लजालु तथा काफी प्रेमी स्वभावका हुन्छन् । यिनीहरूलाई यस्तो साथीको आवश्यकता हुन्छ कि जसले हरदम प्रेरित गरिरहोस् वा साथ देओस् । यिनीहरू छिट्टै नै विपरीत लिंगीसँग आकर्षित हुन्छन् र गहिरो प्रेममा पर्न सक्छन् । 

यिनीहरू अटुट सम्बन्ध स्थापित गर्न चाहन्छन्, तर चाहँदाचाहँदै पनि कतिपय अवस्थामा विछोडको पीडाबाट गुज्रनुपर्ने हुन्छ । समग्रमा भन्दा मीन राशिवालाको लभ लाइफ सामान्य रहन्छ । मीन राशि हुने व्यक्तिको कर्कट र वृष राशिवालासँग राम्रो सम्बन्ध हुन्छ ।

यो राशिवाला प्रेमी वा प्रेमिकालाई गोल्डेन वा पहेँलो रङको उपहार दिँदा आपसी प्रेम तथा समझदारी बढेर जानेछ ।


प्रेम/वैवाहिक सफलताका लागि ज्योतिषीय उपाय :

१. प्रेम/विवाहमा सफलताका लागि कुनै महिनाको शुक्ल पक्षमा प्राणप्रतिष्ठित गौरी–शंकर रुद्राक्ष, चाँदीमा धारण गर्नु लाभदायक हुन्छ ।

२. ज्योतिषीको सल्लाहअनुसार ओपल वा हीरा रत्न धारण गर्नाले पनि प्रेम÷वैवाहिक सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्छ ।


३. यदि पञ्चम वा सप्तम भाव दूषित छ भने त्यसको ज्योतिषीय उपचार गर्ने ।

४. प्रेमीप्रेमिका वा दम्पतीबीच उपहार आदानप्रदान गर्दा गाढा नीलो वा कालो रङको वस्तु प्रयोग नगर्ने । यसको साटो रातो, गुलाबी, पहेँलो वा गोल्डेन रङका वस्तु प्रयोग गर्ने ।


५. स्त्रीले नाडीमा हरियो चुरा साथै बिहीबार पहेँलो तथा शुक्रबार सेतो वस्त्र धारण गर्ने ।

६. आर्कषण तथा अट्याचमेन्टका लागि बीज मन्त्र जप गर्ने

मन्त्र– ॐ क्लीं नमः ।

ज्योतिष, मुस्कान खनाल/ नयाँ पत्रिकाबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध