२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

चर्चा कमाउँदै जोहारीको ‘याँ सम्झिन्या कोही भएन’

२०७४, १४ फाल्गुन सोमबार १६:२०

नरी बडु | फागुन १४, बैतडी | पृथक स्वाद, शैली र बान्कीको टिपीकल शब्दका देउडा र कुमाउनी गीत गाउँदै आएका वीरेन्द्र जोहारीलेले ‘याँ सम्झिन्या कोही भएन’ गीत ल्याएर स्रोता एवं दर्शकमाझ आएका छन् । एक दशकभन्दा लामो समयदेखि देउडा र कुमाउनी गीत गाउँदै आएका जोहारीको यो गीत पनि लोकप्रिय बन्दै गएको छ । युट्युबमा हेर्नेको संख्या बढदै गएको उनले बताए ।   यो गीतको भिडियो पनि बनेको छ । भिडियोमा राजेश खड्का र करिश्मा ढकालको अभिनय रहेको छ । दुवैको अभिनयले म्युजिक भिडियोमा ज्यान थपिएको छ ।

पदम खड्काको शब्द रहेको यो गीतमा वीरेन्द्र जोहारी, पदम खड्का, माण्डवी त्रिपाटीले स्वर दिएका छन् । कामको खोजीमा घरपरिवार, श्रीमतीबाट टाढिएकाहरुको वास्तविकतालाई गीतको माध्यमबाट दर्शाएका छन् । बिरानो मुलुकमा एक्लै हुँदाको पीडालाई मार्मिक शब्दलाई गीतको माध्यमबाट स्रोतमाझ पस्केका छन् ।

याँ सम्झिन्या कोही भएन मुटु चस्किदो छ,

दिउँसो पन सुइना देख्दु आफै झास्किँदो छ

आर्थिक अवस्था कमजोर भएपछि स्कुल पढन नपाइ विदेश जानु पर्दा विदेशमा पाएको दुःखभन्दा गाउँमै गोठाला बन्नु उपयुक्त हुने गीतमार्फत यसरी व्यक्त गरेका छन् ।


कि झानो स्कुल निको, कि हुनु गोठालो,

मुखीलाई विरानो भैग्यो घरको उकालो

कामको खोजीमा जीवनसाथी विदेश गएपछि गाउँमा एक्लै रहेकी श्रीमतीको मनको बहलाई यथार्तपरक र मार्मिक ढंगले पस्केका छन् ।

छाकलै बाटेको चुल्ठो बासा झाइ फुकाउनु

साइ सम्झि साइबाज सम्झि मैले जीउ सुकाउनु

आँखा आशु रोकिदैन मुटु छिन्नभिन्न,

सबका साइ सँगैमा देख्या मन हुँदो खिन्न

व्याँस गाउँपालिका–२, राप्ला दार्चुलामा जन्मेका गायक जोहारीसुदूरपश्चिमलगायत नेपाल र भारतको उत्तराखण्डका विभिन्न स्थानमा स्टेज कार्यक्रममा पनि गीत गाएर दर्शक/स्रोताको मन जितेका छन् । जोहारीका देउडा र कुमाउनी  मिक्स गरेर गाएका गीत स्रोतको पहिलो रोजाइमा पर्ने गरेको छ । बिरस्याजनु एल्बमको मुइ डोली चाडन्या बेला तोइ कसो लागला भन्ने गीत धेरैले मन पराएका छन् ।  यस अघि  साली तेरी हासने बानी कुमाउनी मिश्रित देउडा गीत ल्याएर चर्चामा आएका उनले गाएका हरेक गीत स्रोत एवं दर्शकले अत्यधिक मन पराएका छन् ।

जोहारीले हालसम्म  एक दर्जनभन्दा बढी गीती एल्बम बजारमा ल्याइसकेका छन् । जसमध्ये मुइ डोली चाडन्या बेला बोलको गीतले सुदूरपश्चिम र भारतको कुमाउ क्षेत्रका श्रोता दर्शकले औधी मन पराइएका छन् ।

भारतसँग जोडिएको नेपाली भूभाग भएकाले महाकाली वारि र पारिको भाषा र संस्कृति झन्डै उस्तै छ । यही बुझेका गायक जोहारीले आफूले बजारमा ल्याएका हरेक एल्बममा देउडा र कुमाउनीको स्वाद पस्कने गरेका छन् । सुदूर र मध्यपश्चिमका केही जिल्ला र भारतको कुमाउ, गडवालसम्म देउडा र कुमाउनी गीतसंगीतको बजार छ । स्थानीय परिवेशसँग मेल खाने शब्द टिपेर बनाएका गीत स्रोताले मन पराउने गरेको गायक जोहारीले बताए ।

जोहारीले  ब्यासी सौंका भाषामा चिस्यो (मुटु) र मगला चिस्यो (उदास मन) गरी दुई एल्बम बजारमा ल्याएका छन् । त्यसबाहेक डोट्याली देउडा र कुमाउनी भाषाका गीतले अहिले स्वदेशमा भन्दा सीमापारि बढी चर्चा पाउने गरेका छन् । चाड पर्वका बेलामा होस या मेला कन्सर्टमा उनको हाइ हिमान्ड हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा