2026-09-19 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईलाई बाथ रोग छ ? यी खानेकुरा झुक्किएर पनि नखानुस्

एजेन्सी:- सामान्यतः बाथको रोग पुरुषहरुलाई भन्दा  महिलालाई बढी हुन्छ | तर पुरुष पनि यसका शिकार हुन्छन् । 

बाथ हुँदा जोर्नी दुख्ने र सुन्निने हुन्छ । बाथ धेरै प्रकारका हुन्छन् । तिनिहरु मध्ये ओष्टियो बाथ र रुमाटाइड बाथ बढी भएको पाइन्छ । ओष्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ । यसले ती अंग चलाउन पनि गाह्रो हुन्छ । परिवारमा पहिला कसैलाई बाथ भएको छ भने यसको चपेटामा पर्ने सम्भावना बढी हुन्छ । बाथ भएका व्यक्तिले खानपानमा धेरै ध्यान दिनु जरुरी हुन्छ | खानपानमा ध्यान दिन सकियो  भने यसलाई नियन्त्रण गर्न सकिन्छ । 

बाथको लक्षण:- जोर्नी दुख्ने,  सुन्निने, अंगले काम गर्न समस्या हुने, रातो हुने आदि हुन्छन्। 

के गर्ने ? 

आराम गर्ने

चिसो या तातोले सेक्ने

तौल कम गर्ने

शारीरिक अभ्यासमा जोड दिने

जोर्नी प्रत्यारोपणको उपचार

यसका अलावा बाथका रोगीले यी खाना खानबाट बँच्नुपर्छ 

फ्राइ गरेको या प्याकेटको खाना

अनुसन्धानकर्ताहरुका अनुसार बाथका रोगीले फ्राइ गरेको या प्याकेजिङ गरेको जस्तै, फ्राइड मिट, चिस्याइएका तरकारीहरु खानुहुन्न । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ । 

बढी तताइएको खाना

सन् २००९ मा गरिएको एक अध्ययनले बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने तथ्य पत्ता लगाएको थियो । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ । 

चिनी

आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न ।

दुग्धजन्यपदार्थ

दूध दही शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट भरपूर क्याल्सियम पाइन्छ । तर बाथका रोगीहरुका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ । 

मदिरा र सूर्तिजन्य पदार्थ

मदिरा र सूर्तिजन्य पदार्थ शरीरका लागि हानिकारक हुन्छ । झन् बाथका रोगीले त यसलाई छुनै हुन्न । यसले जोर्नी दुख्ने क्रम बढी पार्छ । साथै शरीरमा खतरनाक रोगलाई निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई