२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलमा लामो समय कुरा गर्नुहुन्छ ? सावधान ! यस्तो गम्भीर रोगको सिकार बन्नुहोला

२०७५, १ श्रावण मंगलवार ०९:५८

जानकारी – प्रविधिको विकास र सहज पहुँचले संसारलाई नै नजिक बनाएको छ । विकसित धेरै प्रविधिमध्ये मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । अडियो, भिडियो तथा समाचार प्राप्त गर्ने पहिलो माध्यम नै मोबाइल हुँदा यसको प्रयोग झन् बढेको छ ।

फेसबुक, स्काइप, ट्विटरजस्ता सामाजिक सञ्जालले यसको महत्व बढाएको छ । तर, मोबाइल धेरै प्रयोग गर्दा पुर्‍याउने असरका बारेमा भने धेरैले त्यति ख्याल गरेको पाइँदैन । यससम्बन्धी सयौँ अनुसन्धान पनि भइरहेका छन् । 

आदर्श प्रधान मनोपरामर्शदाता होलिस्टिक माइन्ड्सचुम्बकीय प्रदूषण विज्ञानको भाषामा पृथ्वीको हरेक क्षेत्र जस्तै हाम्रो शरीरमा पनि चुम्बकीय विद्युत् क्षेत्र हुन्छ, जसलाई मापन गर्न पनि सकिन्छ । त्यसैले प्रकृतिसँग एकाकार भएर बसेका वेला हाम्रो शरीरमा ऊर्जा भरिएको महसुस गर्छौं । प्रविधिको आविष्कारले मानव जीवन सहज बनाए पनि त्यसको प्रदूषणले निम्त्याउने असरबारे हामी चनाखो भएका छैनौँ ।

यो अत्यन्त सूक्ष्म हुने भएकाले थाहा नपाउने गरी असर पुर्‍याइरहेको हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । हाई भोल्टेज तार, मोबाइल टावर, फ्रिज, भ्याकुम क्लिनर, मोबाइलफोन, कम्प्युटर, टिभी, हिटरजस्ता विद्युतीय यन्त्रहरूबाट चुम्बकीय प्रदूषण भइरहेको हुन्छ । मोबाइलले स्वास्थ्यमा पार्ने असर मोबाइलले रेडियो फ्रिक्वेन्सी लिने र पठाउने वेला चुम्बकीय क्षेत्र बनाउँछ । 

सो चुम्बकीय क्षेत्रले मानिसलाई असर पुर्याउँछ । कमजोरी, टाउकोदुखाइ, थाइराइडको समस्या, आँखाको समस्या, डिप्रेसन, केस झर्ने, निद्रा नलाग्ने, मुटुरोग, मिर्गौलाको समस्या, उच्च रक्तचाप, मस्तिष्कको क्यान्सर आदिजस्ता गम्भीर रोग लाग्न सक्छ । अनुसन्धानका केही तथ्यहरू स्विडेन विश्वविद्यालयको अनुसन्धानअनुसार मोबाइलफोनमा दुई मिनेट गरेको कुराकानीले मस्तिष्कको रक्त प्रणालीमा अवरोध पुर्‍याउँछ । जसले स्नायुतन्त्रलाई हानि गर्ने एल्युमिन प्रोटिन मस्तिष्कमा प्रवेश गर्छ ।

मोबाइलको प्रयोगले अल्जाइमर, पार्किन्सन्सजस्ता मस्तिष्कसम्बन्धी रोग पनि लाग्न सक्छ । 

अहिलेसम्म भएका १५ हजारभन्दा बढी अनुसन्धानले यस्तो खतराको पुष्टि गरिसकेका छन् । न्युजिल्यान्डस्थित लिनकालिन विश्वविद्यालयको अनुसन्धानअनुसार मोबाइलफोनको विद्युत् चुम्बकीय क्षेत्रले मानिसलाई डिप्रेसन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थितिसम्म पुर्‍याउन सक्छ । मोबाइलको विद्युत् चुम्बकीय क्षेत्रले मिनरल, हरमोन, क्याल्सियम आदि तत्वमा असन्तुलन बनाएर हाम्रो मनोशरीरमा असर पुर्‍याउँछ । कोरियामा रेडियो फ्रिक्वेन्सीसम्बन्धी अध्यापन गरिरहेका डा. भानु श्रेष्ठका अनुसार सन् १९९३ मा मोबाइलफोनको एन्टेनाबाट निस्केको रेडियो फ्रिक्वेन्सी सुरक्षाको बारेमा वैज्ञानिक डा. जर्ज कार्लो र उनको समूहले ६ वर्षसम्म लगाएर अनुसन्धान गरेको थिए । अनुन्धानमा मोबाइलको प्रयोगले मस्तिष्कको ट्युमर हुन सक्ने अर्थात् मस्तिष्कको क्यान्सरलाई दुईदेखि पाँच गुना बढाउने तथ्य सार्वजनिक गरेको थियो ।

त्यस्तै, मोबाइलको एन्टेना प्रयोग गरे मस्तिष्कको क्यान्सर हुने सम्भावना रहेको पनि पत्ता लगाएको थियो ।

असरबाट बच्न के गर्ने ?

- मोबाइलफोनलाई मुटुभएको ठाउँमा नराख्ने, पाइन्टको गोजीमा राख्ने ।

- ल्यान्डलाइन फोनको प्रयोग बढी गर्ने ।

- अत्यन्त जरुरी फोनबाहेक धेरै बेरसम्म कुरा नगर्ने ।

- सकेसम्म मोबाइलमा कुरा गर्दा ह्यान्ड्स फ्री गरेर कुरा गर्ने ।

- १५ वर्षभन्दा मुनिको उमेरका व्यक्तिले मोबाइलको प्रयोग सकभर नगर्ने ।

- मोबाइलमा माइक्रो फ्रिक्वेन्सीको प्रदूषण सोस्न सक्ने चिप्स प्रयोग गर्ने ।

- मोबाइललाई सुत्ने वेलामा खाटमा वा आफूसँगै नराख्ने ।

- मोबाइलमा कुरा गर्दा ब्लुटुथ हेडसेटको प्रयोग कम गर्ने ।

- गुडिरहेको मोटर, गाडीभित्र बसेर फोनमा कुरा नगर्ने ।

- मोबाइलको सिग्नल कम आएको वेला फोनमा कुरा नगर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै