2026-09-19 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाँतमा किरा यसरी लाग्छ, जोगाउन के गर्ने ? जान्नुहोस

जब दाँत र गिजाको बीचमा हामीले खाएका पदार्थहरू, दाँतको चपाउने भागमा वा दाँतहरूबीचको कापमा दन्त लेउका रूपमा अड्केर बस्छ । स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले ‘इनामेल’ खिइन थाल्छ । खिएको ठाउँबाट जाने ब्याक्टेरियाले भित्री भागमा संक्रमण गर्दै जान्छ । एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि त्यसभित्रका भागहरू फोड्न गाह्रो हँुदैन । इनामेल फोडेसँगै ब्याक्टेरियाले भित्र थप खोल्दै जान्छ । जब दाँतमा खोल्सिँदै जान्छ, खानेकुरा त्यहीँ गएर अड्किन्छ र अड्किएपछि थप एसिड उत्पादन हुन थाल्छ । झन्–झन् दाँत खोक्रिँदै जान्छ ।

विशेष गरी बालबालिकालाई गुलियो खानेकुरा दिँदा दाँतमा किरा लाग्छ भन्ने भ्रम छ । गुलियो मात्रै होइन, जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ, यदि त्यो दाँतमा रह्यो भने । तर, के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरू टाँसिने भएकाले छिटो खान मद्दत हुने हो । तर, चिनीपानी, महजस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ । खानेकुरा दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने हो ।

बिहान–बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने । दाँत माझ्दा चपाउने भागमा पनि माझ्ने । बच्चालाई सुतेर खानेकुरा वा दूध खान नदिने । त्यसरी दिँदा खानेकुरा मुखभरि रहन्छ र दाँतमा एसिड उत्पादन तीव्र हुन्छ । कोल्डड्रिंक्स खाँदा सकेसम्म पाइपको प्रयोग गरौं । बोतलबाट वा गिलासबाट खाँदा दाँतको इनामेल बिगार्छ, तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन । बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाइसकेपछि सकेसम्म मुखकुल्ला गर्ने । हल्का कालो वा पहँेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई