2026-08-04 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्स गर्दा गर्भ रहिहाले त्यसको समाधान कसरी गर्ने ? जानी राखौं

म २२ वर्षीया अविवाहित युवती हुँ। केही दिनअघि एक जना केटासाथीसँग मेरो यौनसम्पर्क भयो। जब ऊसँग सम्पर्क भयो त्यो दिनदेखि मेरो तल्लो पेट एकदम दुखिरहेको छ। यस्तो किन भएको होला ? हामीले कुनै साधन पनि प्रयोग गरेका थिएनौं। उक्त दिन मेरो महिनावारी भएको ११ दिन भएको थियो। यसबाट कतै गर्भ रहने त होइन ? कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? गर्भ रहिहाले कसरी त्यसको समाधान गर्ने ?

हामीलाई थाहै छ, यौनसम्पर्क एउटा आनन्ददायक क्रियाकलाप हो। यौन सम्पर्कबाट नै सायद मानिसले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द प्राप्त गर्छ। असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नाम पनि यो सम्पर्कको आनन्दसँग जोडिएका छन्। यद्यपि सबै यौनसम्पर्क सुखमय नहुन सक्छन्। यौनसम्पर्क पीडायुक्त हुनुमा योनिको संक्रमण वा योनि सुख्खा हुनु प्रमुख कारण हुन्छन्। त्यसैगरी यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ। विशेष गरेर भयातुर वा डरका कारण यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशी संकुचन भै कडा हुन्छ। यस्तो बेलामा राखिएको यौनसम्पर्क पीडायुक्त हुन्छ।

तपाईंको समस्या यौनसम्पर्कपछिको पीडाको हो। यसका पनि अनेक कारण हुन सक्छन्। विशेष गरेर यौनसम्पर्कका कारण मांसपेशीमा कुनै चोट पुग्न गए यस्तो हुनसक्छ। त्यसबाहेक लामो यौन उत्तेजनाका कारण कटी प्रदेशमा बढी रक्तप्रवाह हुने भएकाले केही भारीपन वा दुखेको अनुभव हुनसक्छ। त्यसैगरी मूत्रनलीको संक्रमण भएको स्थितिमा यस्तो लक्षण देखिन सक्छ। पाठेघरको भित्री तह (परत) मा खराबी आउने स्थितिले पनि यस्तो गराउन सक्छ। उदाहरणका लागि इन्डोमेट्राइटिस। इन्डोमेट्राइटिस हुँदा पाठेघरको भित्री तहमा भएको कोष पाठेघरभन्दा बाहिर कटी प्रदेशका अन्य  अङ्गहरू जस्तै कि डिम्बाशय, आन्द्रा, गुदानली, मूत्रथैलीमा टाँसिन पुग्छन्। महिनावारी पीडादायी हुनुका साथै रक्तश्रावमा गडबडी पनि हुनसक्छ।

समस्या कायम रहेको स्थितिमा त्यसको निदान तथा समाधानका लागि स्त्रीरोग विशेषज्ञसँग सल्लाह गर्नु बेस हुन्छ।

किन गर्भनिरोधका साधन प्रयोग नगरिएको होला ?

अहिलेको आधुनिक समाजमा गर्भनिरोधका विभिन्न साधन सुलभ रूपमा उपलब्ध छन्। यसको प्रयोग गर्दा गर्भ रहला भन्ने पीर मान्नु पर्दैन। त्यसैले बिनाचिन्ता पर्याप्त यौनआनन्द लिन सकिन्छ। गर्भनिरोधको साधन प्रयोग गर्न नसकिने अनेक कारण हुनसक्छन्। तपाईंको पनि आफ्नै कारण होला। कतिपयले यस विषयमा अनेक गलत धारणा पालेर बसेका हुन्छन्। गर्भनिरोधको साधन प्रयोग गर्दा सामान्य असर हुन सक्छ जुन अनिच्छित गर्भ रहन गएको स्थिति र त्यसका चिकित्साजन्य अनि सामाजिक दुवै असरको तुलनामा नगन्यजस्तै छ। गर्भनिरोधको भरपर्दो साधन प्रयोग गरेको स्थितिमा गर्भ रहनेजस्तो चिन्ता एकातिर हुँदैन भने अर्कातिर त्यसको जटिलताले पार्ने असर पनि हुँदैन। यदि गर्भनिरोधको साधनका बारेमा कुनै जिज्ञासा छ भने नजिकैको परिवार नियोजन वा स्वास्थ्यचौकी वा परिवार नियोजनको सेवा केन्द्रमा सम्पर्क राख्नु बेस हुन्छ।

महिनावारीको एघारौं दिनमा गर्भ ?

पुरुषको प्रत्येक वीर्य स्खलनमा शुक्रकीट हुनसक्ने भए पनि महिलामा भने त्यस्तो हुँदैन। महिलाको शरीरमा मासिक रूपमा डिम्ब निस्कन्छ र यसैबेलातिरको यौनसम्पर्क भए वीर्यको शुक्रकीटसँग मिलन हुन्छ र गर्भको सुरुवात हुनसक्छ। एउटा महत्वपूर्ण कुरा के छ भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ। डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छन्। त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ।

तपाईंको महिनावारी कतिकति दिनमा हुने गरेको छ र नियमित छ कि छैन, लेख्नुभएको छैन। यदि महिनावारी ठिक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ। सुरक्षित काललाई नै गर्भनिरोधका रूपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ। सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुनसक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुनसक्ने अन्तिम दिन पत्ता लाग्छ। उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४-१८.६ हुन्छ, अर्थात छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ।

३१-११.२० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा हुन्छ। बुझ्नु नै भयो होला, यो महिनावारीमा भर पर्ने कुरा हो। सुरक्षितकालबाहेक अरू समयमा यौन सम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ। यो विधिले गर्भवती हुनबाट सुरक्षा प्रदान गर्ने भए पनि यौन रोग तथा एचआईभीबाट बचाउँदैन। यौनरोग र एचआईभीको संक्रमणवाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ।

शंका लागेको स्थितिमा गर्भ रहेको वा नरहेको पक्का गर्नु आवश्यक हुन्छ। पिसाब परीक्षण गरेर गर्भ रहे-नरहेको सजिलै थाहा पाउन सकिन्छ। अचेल त घरमै उक्त परिक्षण गर्न सकिने साधन पनि पाइन्छ।

गर्भ रहन गएको स्थितिको समाधान भनेर के कुरा भन्न खोज्नुभएको हो, थाहा भएन। पहिलो त त्यसलाई जन्मसम्म निरन्तरता दिई स्वस्थ शिशु जन्माउनु हो भने अर्कातिर त्यसलाई निरन्तरता नदिनु। तपाईंले के चाहनुहुन्छ यो त्यसमै भर पर्ने कुरा हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने